हिरासतमा रहेका रविले भाइटीका नलगाउने  « Khabarhub

हिरासतमा रहेका रविले भाइटीका नलगाउने 


१६ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले यो पटकको तिहारमा भाइटीका नलगाउने भएका छन् । सहकारीको रकम हिनामिना आरोपमा हिरासतमा रहेका लामिछानेले टिका नलगाउने रास्वपका नेता दीपक बोहोराले बताए । 

उनको एकजना दिदी बिरामी र अर्को दिदी कार्यव्यस्तताका कारणले गर्दा यसपटक लामिछानेले टीका नलाउने बोहोराले बताए । 

उनी कार्तिक २ गते सहकारीको रकम हिनामिना आरोपमा पार्टी कार्यालय चौमतीबाट पक्राउ परेका थिए। अहिले लामिछाने कास्की प्रहरी हिरासतमा छन्। 

लामिछानेको बयान बुधबार बेलुका नै सकिएको भएपनि बिदाका कारण उनलाई २० गते मात्र कास्की अदालत उपस्थित गराइने भएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ११ : २७ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति