रोकिएन उपत्यकामा पटका पड्काउने क्रम | Khabarhub Khabarhub

रोकिएन उपत्यकामा पटका पड्काउने क्रम


१६ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं काठमाडौँ उपत्यकामा सुरक्षा निकायको कडा निगरानीकाबीच पटका पड्किने क्रम भने यो तिहारमा रोकिएको छैन । 

काठमाडौँको मुख्य मार्गभन्दा अलि भित्री तथा काठ क्षेत्रमा अत्यधिक रुपमा पटका पड्किएका छन् । बिहीबार लक्ष्मी पूजाको साँझदेखि नै पटका पड्काउने क्रम बढेको र आज पनि सो क्रम जारी छ । 

लगातार पटका पड्काउँदा नागरिकमा ध्वनि प्रदूषणसमेत भएको छ, भने आगलागीको जोखिम पनि बढेको चन्द्रागिरी निवासी शरण शर्माले बताए। 

उनले भने , ‘राति १२ बजेसम्म पटका पड्किएको थियो, ठूलाठूला आवाज आउँदा ‘डिस्टबर्’ नै भयो, अहिले बिहान पनि उठ्न नपाउँदै लगातार पटका पड्किरहेका छन्, सुरक्षा निकायबाट निगरानी प्रभावकारी बनाउनुपर्ने देखिएको छ ।’

सुरक्षा निकायले मुख्य मार्ग तथा काठमाडौँको ‘कोर’ क्षेत्रमा उपस्थिति देखिए पनि अली भित्री सडकहरुमा न्यून रुपमा मात्रै गस्ती भइरहेको पनि उनले बताए। त्यसका कारण पटका भित्रिने र पड्काउने क्रम नरोकिएको हो । 

नेपाल प्रहरीले भने पटका तथा विष्फोटक पदार्थ नियन्त्रणमा उपत्यकाका १० वटै नाकामा सुरक्षा निगरानी बढाइएको तथा विभिन्न क्षेत्रमा जाँच अभियान तीव्र भइरहेको दाबी गरेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दानबहादुर कार्कीले तिहारमा जुवातास तथा पटकाजन्य पदार्थको प्रयोग बढी हुने भएकाले पनि त्यसलाई केन्द्रित गरेर सुरक्षा निगरानी बढाइएको बताउनुभयो । प्रहरीलाई छलेर यस्ता गतिविधि छिटफुट घटना भएमा पक्राउ गर्ने र कारबाही गर्ने गरिएको प्रहरीले जनाएको छ । 

पटका नियन्त्रण अभियानकै क्रममा त्यस्ता व्यक्तिलाई पक्राउ गरी उपत्यकामा मुद्दासमेत चलाइएको छ । विष्फोटक पदार्थसम्बन्धी कसुर आकर्षित हुने भएकाले यस्ता गतिविधि गर्नेहरुलाई सोहीअनुसार मुद्दा चलाइएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।

प्रहरीले सार्वजनिक अपिल गर्दै भनेको छ, ‘पटका र पटकाजन्य पदार्थ विस्फोटक पदार्थका रुपमा रहेकाले तिहार त हो पड्काउँ न भनेर गैरकानुनी गतिविधि गर्दा कानुनी कारबाहीमा परिन्छ, पटकाजन्य पदार्थ ओसारपसार, भण्डारण, बिक्रीवितरण र प्रयोग गर्न सबैमा प्रतिबन्ध छ, यस्तो पाइएमा तीन महिनादेखि एक वर्षसम्मको कैद सजायसम्म हुनसक्छ, क्षतिको क्षतिपूर्ति पनि भराइन्छ, त्यसैले यस्ता गतिविधिमा कोही संलग्न नहुनु ।’

यसपालि नेपाल प्रहरीले देशभर ४८ हजारभन्दा बढी सुरक्षाकर्मी तिहार सुरक्षामा खटाएको छ । काठमाडौँ उपत्यकामा मात्रै दैनिक पाँच हजार सुरक्षाकर्मी तिहार सुरक्षाकै लागि परिचालन भइरहेका छन् । काठमाडौँ उपत्यका प्रहरीले उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)का लागि एकीकृत रुपमा चाडपर्व सुरक्षा योजना लागू गरी निगरानी बढाएको छ ।

काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले चाडपर्वहरुको यस अवसरमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवम् झैझगडा गर्ने, मादक पदार्थको सेवन गरी पारिवारिक तथा सामाजिक जनजीवन र सार्वजनिक मर्यादा तथा शान्ति सुरक्षामा खलल गर्नेलाई कानुन बमोजिम कारबाही गर्ने बताए। 

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  १२ : १२ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका