तुलसीपुर मेट्रो कलेजलाई आङ्गिक बनाइँदै « Khabarhub

तुलसीपुर मेट्रो कलेजलाई आङ्गिक बनाइँदै


१६ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिकाद्वारा सञ्चालित तुलसीपुर बहुप्राविधिक शिक्षालय (मेट्रो कलेज)लाई लुम्बिनी बौद्ध विश्वविद्यालयको आङ्गिक कलेज बनाउने तयारी गरेको छ । 

यसका लागि कार्यविधि निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काका अनुसार कार्यविधिलाई नगरसभाबाट अनुमोदन गरेर आङ्गिक बनाउने विषयमा विश्वविद्यालयसँग थप छलफल गरिने बताए।

‘एकातर्फ प्राविधिक विषय पढाइ हुन्छन्, अर्कोतर्फ आङ्गिक कलेजका रुपमा शिक्षण हुन्छ’,उनले भने’यसका लागि परामर्श बैठक भइरहेको छ ।’

 यो विषयमा विश्वविद्यालय पनि सकारात्मक रहेको उनको भनाइ छ । आङ्गिक भएमा शिक्षक कर्मचारीको भविष्य पनि उज्ज्वल  हुने उनको भनाइ थियो ।

अहिले कलेजमा सिटिइभिटी अन्तर्गत इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इञ्जिनीयरिङ, मेकानिकल इन्जिनियरिङ, फरेस्ट्री, फुड एण्ड डेरी, एग्रिकल्चर र फार्मेसी विषय पढाइ रहेका छन् । 

त्यस्तै विश्वविद्यालय अन्तर्गत वीएएलएलबी, वीएचटीएम, वीवीएका कक्षा भइरहेका छन् । तुलसीपुर उपमहानगरपालिकाले आफ्नो गौरवको रुपमा मेट्रो कलेजलाई लिएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  १२ : २६ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन