महाकवि देवकोटाको पूर्णकदको शालिकमा माल्यार्पण | Khabarhub Khabarhub

महाकवि देवकोटाको पूर्णकदको शालिकमा माल्यार्पण


१६ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १६ औँ जन्मजयन्तीका अवसरमा काठमाडौंको तिलगंगास्थीत त्रिमूर्ति निकेतनमा रहेको महाकवि देवकोटाको पूर्णकदको शालिकमा माल्यार्पण गरिएको छ ।

शुक्रबार रामगीता वाङ्मय मन्दिर अमेरिकाका अध्यक्ष गीता खत्री तथा त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईँ लगायतले देवकोटाको पूर्णकदको शालिकमा माल्यार्पण गरेका हुन्  ।

त्यस अवसरमा कविशिरोमणि लेखनाथ पौड्याल र नाट्यसम्राट बालकृष्ण समको पूर्णकदको शालिकमा पनि माल्यार्पण गरिएको थियो ।

माल्यार्पणपछि आयोजित काव्य सभामा कवि कृष्ण बाउसे लगायत कविहरू ललिता जोशी, यादव भट्टराई, भगवती बस्नेत र रश्मी रिमालले कविता वाचन गरेका थिए भने विभिन्न स्रष्टाहरूले त्रिमूर्ति अर्थात् कविशिरोमणि, नाट्यसम्राट र महाकविले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्तिप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताए ।

महाकवि देवकोटाको जन्म विसं १९६६ सालमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो ।

नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान गरेका देवकोटाको निधन २०१६ साल भदौ २९ गते भएको थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  १ : ४४ बजे

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड