जङगली हात्तीको आक्रमणबाट सर्वसाधारणलाई जोगाउन सचेतना « Khabarhub

जङगली हात्तीको आक्रमणबाट सर्वसाधारणलाई जोगाउन सचेतना


१६ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– भारतीय दुधुवा नेशनल पार्क हुँदै नेपाली बस्तीमा छिर्ने जङगली हात्तीको आक्रमणबाट सर्वसाधारणलाई जोगाउनका लागि डिभिजन वन कार्यालय कञ्चनपुरले सचेतना कार्यक्रम सञ्चालन गरेको छ । पछिल्लो समय हात्तीले मानवीय क्षति निम्त्याउन थालेपछि कार्यालयले सचेतना कार्यक्रम सञ्चालन गरेको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोससँग सहकार्य गरी हात्ती प्रभावित क्षेत्रमा सचेतनमूलक पोस्टर वितरण गर्ने कार्य भैरहेको डिभिजन वन कार्यालय कञ्चनपुरका सुचना अधिकारी शिवराज अवस्थीले बताए ।

‘सामुदायिक वन सँगको समन्वयमा छलफल, बैठकका माध्यबाट हात्तीबाट जोगिने उपाय बारे जानकारी दिने कार्यमा जुटेका छौँ’ उनले भने, ‘मानव–हात्ती सह अस्तित्वको भावना जगाउनका लागि कार्य अगाडी बढाएका छौँ ।’

हात्ती बस्तीमा छिरेमा डेढ सय मिटरको दुरी कायम गरी भगाउने,अन्नपात राखेको ठाउँ, भान्सामा नसुत्ने, हात्तीको अगाडीबाट भाग्न नखोज्ने, हात्तीका छावालाई नचलाउने, टर्च बालेर नभाग्ने, उत्तेजित नबनाउने, मदिरा सेवन गरी भगाउन नजाने, मात चढेको हात्ती सँग सजग रहने लगायतका कुरा कार्यक्रमका माध्यबाट सर्वसाधारणलाई सचेत पार्ने कार्य भइरहेको उनको भनाई रहेको छ ।

‘अचानक हात्ती सँग जम्काभेटभएमा नआत्तिन बिस्तारै पछाडि हट्नु पर्छ’ उनले भने, ‘लखेट्न आयो भने आफू सँग भएको सामान फ्याकेर बाङ्गो टिंगो दौडिने गर्नु पर्छ, छोटो दुरी सम्म मात्रै लखेट्ने भएकाले लखेट्दै पछि सम्म आइरहन्न ।’

हात्तीले लखेट्न आए ढुङग्यान बगर तिर भाग्ने, छड्के पारेर ओरालो तर्फ भाग्ने, दलदल हिलो भए तर्फ भाग्ने, ठुलो रुख ढलको भए त्यसको मुनि भएर भाग्ने, पुलपुलेसा तरेर भाग्ने गरे बच्न सकिने उनको भनाई रहेको छ ।

‘जङगल तर्फ जाँदा हात्तीको ताजा पाइला वा दिशा भेटियो भने सतर्क रहनु पर्छ’ उनी भन्छन्, ‘हात्ती हिडेको दिशा तर्फ जानु हुँदैन, रुख भाँचेको, सुँड बजारेको वा हात्तीले घुरेको पनि सुन्न सकिन्छ, हात्तीको आवाज सुनिए सतर्क हुनु पर्छ ।’

हात्ती निकै बुद्धिमान प्राणीका रूपमा रहेको उल्लेख गर्दै उनले हात्तीलाई नियन्त्रण गर्न गाह्रो हुने भएकाले सतर्कता अपनाए मानवीय क्षतिलाई कम गर्न सकिने बताए ।

हात्तीको बथानले गत असोज महिनामा मात्रै कञ्चनपुरका दुई जनाको ज्यान लिई सकेको छ । असोज १३ गते उखुबारीमा हात्ती भगाउन कुरुवा बसेका लालझाडी गाउँपालिका ४ का ५९ वर्षीय रामदल रानालाई र घर तर्फ जाँदै गरेका आक्रमण गरी ज्यान लिएको थियो भने बेलौरी नगरपालिका ६ का २२ वर्षीय उमेश चौधरीको घर तर्फ मोटरसाइकलमा जाँदै गरेका बेला असोज २२ गते हात्तीले आक्रमण गरी ज्यान लिएको थियो ।

पाँच वर्षका अवधिमा कञ्चनपुरमा १२ जनाले ज्यान गुमाई सकेका छन् ।

लालझाडी गाउँपालिकामा ४ मा हात्तीले आधा दर्जन बढी स्थानीय बासिन्दाका बाख्रा समेत मारेर तिहारको मुखमै क्षति पुर्‍याएको छ ।

दिउसै हात्ती नजिकैको वन क्षेत्र हुँदै स्थानीय किसानको उखुबारीमा पसेर नोक्सानी पुर्याउदै आएको छ ।

भारतको दुधुवा नेशनल पार्क हुँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै हात्तीको बथान वर्षातका बेला चुरे क्षेत्रमा बस्ने गरेको छ । वर्षात् हटेपछि चुरे नजिकका बस्ती संगै तल्लो समथर क्षेत्रमा पुगेर किसानले लगाएको अन्नबालीमा क्षति पुर्‍याउने गर्दछ ।

अहिले हात्तीको बथान दुधुवा नेशल पार्क नजिकैका बेलौरी, लालझाडी क्षेत्रका किसानको खेतबारीमा पसेर धान, उखु लगायतको बालीमा क्षति पुर्‍याउन थालेको छ ।

सामुदायिक वन समन्वय समिति कञ्चनपुरका अध्यक्ष महेशदत्त जोशी हात्ती नियन्त्रण गर्नका लागि मेसवायर जडान गर्नु पर्ने बताउँछन् ।

‘हात्ती प्रभावित क्षेत्रमा मेसवायर जडान गर्न सके वर्षेनी हुँदै आएको मानवीय, भौतिक क्षतिमा कमी ल्याउन सकिन्छ’ उनले भने, ‘यसका लागि तीन तहकै सरकारले समन्वय गरी योजना बनाई बजेट परिचालन गर्नु पर्छ ।’

हात्तीले नोक्सानी नपुर्‍याउने खालका बालीको खेती गर्न किसानलाई प्रोत्साहित गर्नु पर्ने उनले बताए ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  २ : ३७ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको