आम निर्वाचनमा जित्न स्थानीय तहबाटै पार्टी बलियो बनेर आउनुपर्छ : मोहन बस्नेत « Khabarhub

आम निर्वाचनमा जित्न स्थानीय तहबाटै पार्टी बलियो बनेर आउनुपर्छ : मोहन बस्नेत


१६ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बहादुर बस्नेतले आम निर्वाचनमा पार्टीलाई बलियो बनाउनका लागि स्थानीय तहबाटै बलियो बनेर आउनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस दोलखा–काठमाडौं सम्पर्क समितिले शुक्रबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै बस्नेतले स्थानीय र प्रदेशमा पार्टीले चूनाव जिते केन्द्रमा चुनाव जित्न सहज हुने भएकाले पार्टीलाई स्थानीय तहदेखि नै बलियो बनाउनुपर्ने बताएका हुन् ।

यसअघिको निर्वाचनमा स्थानीय र प्रदेश तहमा कांग्रेसले जितेका ठाउँमा संघीय चुनावमा पार्टीलाई चुनाव जित्न सहज भएको उनले बताए ।

बस्नेतले पार्टीको सैद्धान्तिक र वैचारिक बिचारका साथै काम गरेर देखाउन सके जनताले विश्वास गर्ने बताए  । आफू निरन्तर जनताको सेवामा लागेका कारण चुनावमा पनि जनताले साथ दिने गरेको उनको भनाइ छ ।

त्यस्तै उनले पार्टीमा अन्तर्घात वा आफ्नै उम्मेदवारलाई हराउने प्रयास भए पार्टी नै कमजोर हुने जिकिर गरे ।
आफ्नो जिल्लामा सरकारले नै गर्न नसक्ने काम आफूले गरेको उनले दाबी गरे ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ३ : २८ बजे

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा

बिरेन्द्रबजार–धाप्लाङ सडक कालोपत्रे हुने

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिका–८ बिरेन्द्रबजारदेखि बोपुङ, कम्पुघाट र बाजगराहुँदै त्रियुगा

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

काठमाडौं– विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई

ओझेलमा पर्‍यो रसुवाको जुरेढुङ्गा

रसुवा– आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेर पनि जुरेढुङ्गा