आम निर्वाचनमा जित्न स्थानीय तहबाटै पार्टी बलियो बनेर आउनुपर्छ : मोहन बस्नेत « Khabarhub

आम निर्वाचनमा जित्न स्थानीय तहबाटै पार्टी बलियो बनेर आउनुपर्छ : मोहन बस्नेत


१६ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बहादुर बस्नेतले आम निर्वाचनमा पार्टीलाई बलियो बनाउनका लागि स्थानीय तहबाटै बलियो बनेर आउनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस दोलखा–काठमाडौं सम्पर्क समितिले शुक्रबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै बस्नेतले स्थानीय र प्रदेशमा पार्टीले चूनाव जिते केन्द्रमा चुनाव जित्न सहज हुने भएकाले पार्टीलाई स्थानीय तहदेखि नै बलियो बनाउनुपर्ने बताएका हुन् ।

यसअघिको निर्वाचनमा स्थानीय र प्रदेश तहमा कांग्रेसले जितेका ठाउँमा संघीय चुनावमा पार्टीलाई चुनाव जित्न सहज भएको उनले बताए ।

बस्नेतले पार्टीको सैद्धान्तिक र वैचारिक बिचारका साथै काम गरेर देखाउन सके जनताले विश्वास गर्ने बताए  । आफू निरन्तर जनताको सेवामा लागेका कारण चुनावमा पनि जनताले साथ दिने गरेको उनको भनाइ छ ।

त्यस्तै उनले पार्टीमा अन्तर्घात वा आफ्नै उम्मेदवारलाई हराउने प्रयास भए पार्टी नै कमजोर हुने जिकिर गरे ।
आफ्नो जिल्लामा सरकारले नै गर्न नसक्ने काम आफूले गरेको उनले दाबी गरे ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ३ : २८ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ