एक अर्ब ११ करोडको भाइमसला आयात, काजुमात्रै २६ करोडको भित्रियो « Khabarhub

एक अर्ब ११ करोडको भाइमसला आयात, काजुमात्रै २६ करोडको भित्रियो


१६ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालीका चाडवाड भड्किलो बन्दै जाँदा खर्च पनि त्यहीअनुसार बढ्दै गएको छ ।

खासगरी दशैंतिहारका लागि विदेशबाट अर्बौँका खानेकुरा भित्रिने गरेका छन् । नेपालीको दोस्रो ठूलो चाडका रुपमा परिचित तिहारलाई लक्षित गर्दै भारत, चीन र तेस्रो मुलुकबाट अर्बौँका खानेकुरा भित्रिएका छन् ।

चाडवाड भड्किलो बन्दै जाँदा नेपालको घाटा पनि दिनदिनै चुलिँदो छ । नेपाली परम्परामै नभएको भाइमसला अहिलेको तिहारमा अत्यावश्यक बनिसकेको छ । भाइमसलाका लागि मात्रै नेपालको बर्षेनि अर्बौँ रुपैयाँ बाहिरिने गरेको छ ।

यस पटकको तिहारलाई लक्षित गरेर एक अर्ब ११ करोड सात लाख रुपैयाँ बराबरको भाइमसला अर्थात ड्राइफ्रुट्स आयात गरिएको छ ।

चालु आर्थिक वर्ष २०८१/०८२ को तीन महिनामा मात्रै त्यतिका परिमाणको सामान आएको हो । भन्सार विभागका अनुसार भाइमसलामा हालिने काजु, बदाम, ओखर पेस्ता, नरिवल, छोकडा किसमिस त्यतिका परिमाणमा आयात भएका हुन् ।

भन्सार विभागको तथ्यांकअनुसार तिहारलाई लक्षित गरी सबैभन्दा धेरै काजु आयात गरिएको छ । काजु मात्रै तीन महिनामा २६ करोड एक लाख रुपैयाँ बराबरको २ लाख ९८ हजार ९४६ किलो आयात विभागको तथ्यांकमा उल्लेख छ ।

त्यसैगरी यही तीन महिनाको अवधिमा २० करोड ९८ लाख ३९ हजार रुपैयाँको ६ लाख ७ हजार २ सय २५ केजी ओखर आयात भएको छ । यस्तै, १८ करोड ५९ लाख ५८ हजारको २ लाख ३२ हजार ६९३ किलो बदाम आयात भएको छ ।

विभागका अनुसार १० करोड ६१ लाख ६१ हजार रुपैयाँको तीन लाख २४ हजार ६ सय ७५ किलो किसमिस आयात भएको छ ।

तीन लाख २० हजारको नरिवल, दुई लाख रुपैयाँको कटुस, एक करोड ४५ लाखको पेस्ता, एक करोड ३० लाखको छोकडा पनि आयात भएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ३ : ३१ बजे

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले