एक अर्ब ११ करोडको भाइमसला आयात, काजुमात्रै २६ करोडको भित्रियो | Khabarhub Khabarhub

एक अर्ब ११ करोडको भाइमसला आयात, काजुमात्रै २६ करोडको भित्रियो


१६ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालीका चाडवाड भड्किलो बन्दै जाँदा खर्च पनि त्यहीअनुसार बढ्दै गएको छ ।

खासगरी दशैंतिहारका लागि विदेशबाट अर्बौँका खानेकुरा भित्रिने गरेका छन् । नेपालीको दोस्रो ठूलो चाडका रुपमा परिचित तिहारलाई लक्षित गर्दै भारत, चीन र तेस्रो मुलुकबाट अर्बौँका खानेकुरा भित्रिएका छन् ।

चाडवाड भड्किलो बन्दै जाँदा नेपालको घाटा पनि दिनदिनै चुलिँदो छ । नेपाली परम्परामै नभएको भाइमसला अहिलेको तिहारमा अत्यावश्यक बनिसकेको छ । भाइमसलाका लागि मात्रै नेपालको बर्षेनि अर्बौँ रुपैयाँ बाहिरिने गरेको छ ।

यस पटकको तिहारलाई लक्षित गरेर एक अर्ब ११ करोड सात लाख रुपैयाँ बराबरको भाइमसला अर्थात ड्राइफ्रुट्स आयात गरिएको छ ।

चालु आर्थिक वर्ष २०८१/०८२ को तीन महिनामा मात्रै त्यतिका परिमाणको सामान आएको हो । भन्सार विभागका अनुसार भाइमसलामा हालिने काजु, बदाम, ओखर पेस्ता, नरिवल, छोकडा किसमिस त्यतिका परिमाणमा आयात भएका हुन् ।

भन्सार विभागको तथ्यांकअनुसार तिहारलाई लक्षित गरी सबैभन्दा धेरै काजु आयात गरिएको छ । काजु मात्रै तीन महिनामा २६ करोड एक लाख रुपैयाँ बराबरको २ लाख ९८ हजार ९४६ किलो आयात विभागको तथ्यांकमा उल्लेख छ ।

त्यसैगरी यही तीन महिनाको अवधिमा २० करोड ९८ लाख ३९ हजार रुपैयाँको ६ लाख ७ हजार २ सय २५ केजी ओखर आयात भएको छ । यस्तै, १८ करोड ५९ लाख ५८ हजारको २ लाख ३२ हजार ६९३ किलो बदाम आयात भएको छ ।

विभागका अनुसार १० करोड ६१ लाख ६१ हजार रुपैयाँको तीन लाख २४ हजार ६ सय ७५ किलो किसमिस आयात भएको छ ।

तीन लाख २० हजारको नरिवल, दुई लाख रुपैयाँको कटुस, एक करोड ४५ लाखको पेस्ता, एक करोड ३० लाखको छोकडा पनि आयात भएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ३ : ३१ बजे

महोत्सव उद्घाटन गर्न हेलिकप्टर चढेर धादिङ पुगे उपप्रधानमन्त्री सिंह

काठमाडौं- अहिले देशभर मेला र महोत्सवको माहोल छ । देशका

हिमाल जोगाउने अभियानमा सिरिजङ्घा गाउँपालिका

फुङ्लिङ– दिन प्रतिदिन जलवायु परिवर्तनका कारण हिमताल, हिमनदीका साथै हिमालको

दैजी–लिप्ना सडक : सात वर्षमा पाँच किलोमिटर कालोपत्रे

वेदकोट– कञ्चनपुरको वेदकोट नगरपालिका–३स्थित दैजी–लिप्ना सडकखण्डको पाँच किलोमिटरमा कालोपत्रे गर्ने

प्रचण्डको दाबी- ओलीका कारण देशको अवस्था सजिलो छैन

सुर्खेत- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधी उपलब्ध गराइने

काठमाडौं– रगत नजम्ने वंशाणुगत समस्या हिमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधी