जापानमा साइकल चलाउँदा मोबाइल चलाउनेलाई ६ महिना जेल सजाय « Khabarhub

जापानमा साइकल चलाउँदा मोबाइल चलाउनेलाई ६ महिना जेल सजाय


१६ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जापानमा साइकल चलाउँदा मोबाइल फोन प्रयोग गर्नेलाई ६ महिनासम्म जेल सजाय हुन सक्ने नियम लागु गरिएको छ ।

शुक्रबारदेखि लागू भएको नयाँ नियमअनुसार जापानको संशोधित सडक कानूनको उल्लङ्घन गर्नेहरूलाई अधिकतम छ महिनाको जेल सजाय वा एक लाख जापानी यान जरिवाना हुने भएको छ ।

जापानको स्थानीय सञ्चारमाध्यमका अनुसार कोरोना महामारीको समयमा मानिसहरूले सार्वजनिक यातायातको सट्टा साइकल बढी प्रयोग गर्न थालेका छन् ।

त्यसपछि जापानमा साइकल यात्रुको दुर्घटना बढेको छ । जापानमा लागू भएको यो नयाँ नियमअनुसार साइकल चलाउँदा मदिरा सेवन गरेमा तीन वर्षसम्मको सजाय र ५ लाख यान जरिवानाको व्यवस्था गरिएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार जापानमा २०२३ मा ७२ हजार भन्दा बढी साइकल दुर्घटनाहरू रेकर्ड भएका थिए, जुन देशमा हुने सबै ट्राफिक दुर्घटनाको २० प्रतिशतभन्दा बढी हो ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ४ : ३१ बजे

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश