चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व छ : गृहमन्त्री लेखक « Khabarhub

चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व छ : गृहमन्त्री लेखक


१६ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखक चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व पनि रहेको बताएका छन् ।

शुक्रबार दिउँसो पर्वत चन्द्रागिरि समाजद्वारा दीपावली, नेपाल सम्मत र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले चाड पर्वले परिवार र समाजलाई जोड्ने काम गरेको बताएका हुन् ।

उनले भने- ‘मान्छेले बसाइसराइ गर्ने भएकाले कामका कारण मान्छेहरू टाढा टाढा हुनुपर्छ । चाडपर्व नमनाए परिवारमा दुरी बढ्ने र आफ्नै नातागोतामा नै चिनजान नहुने स्थिति बन्थ्यो । चाड पर्वले मान्छेलाई नजिक ल्याउँछ ।  यसको सामाजिकसँगै मानवीय पनि महत्त्व छ ।’

उनले एउटा परिष्कृत समाज निर्माणका लागि जरुरी भन्दै चाडपर्वको अवसरमा जमघट र भेलाहरूमा उपस्थित हुने कुराको आफैँमा ठुलो महत्त्व रहेको बताए । उनले ऋषिमुनीहरुले धेरै ठुलो अध्यापन र अनुभवपछि यी पर्वहरूको निर्माण गरेको लेखकले बताए ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ५ : १२ बजे

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार