राहुल लिम्बूले दोस्रो पटक जिते ‘पानी सुल्के’ प्रतियोगिताको उपाधि | Khabarhub Khabarhub

राहुल लिम्बूले दोस्रो पटक जिते ‘पानी सुल्के’ प्रतियोगिताको उपाधि


१६ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


591
Shares
  • change font
  • change font
  • change font

सुनसरी- साविक विजेता राहुल लिम्बू दोस्रो स्टोन स्किपिङ च्याम्पियनसिप (पानी सुल्के प्रतियोगिता) विजयी भएका छन् । उनी ८८ प्रतिस्पर्धीलाई उछिन्दै लगातार विजेता बनेका हुन् ।

इन्ट्री राउण्डमा १२ स्किप गरेका उनले फानल राउण्डमा १४ स्किप गर्दै विजेता बन्न सफल भए । उनले उपाधिसहित २५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

दोस्रो उपाधि विजेता रिमबहादुर माझीले फाइनल राउण्डमा १३ स्किप गरे । तेस्रो उपाधि विजेता गोपी राईले १२ स्किप गर्दै तेस्रो बने । उनीहरूले क्रमशः नगद १५ हजार रुपैयाँ र १० हजार रुपैयाँसहित ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

विजेतालाई प्रायोजक मुनबिम एकेडेमीका प्रधानाध्यापक देवेन्द्र विष्ट, कोशी प्रदेशकी सांसद सपना परियार, बराहक्षेत्रका नगर खेलकुद विकास समितिका संयोजक तथा वडा नम्बर ७ का वडाध्यक्ष कपिल आचार्य र वडाध्यक्ष रोहित काफ्लेले पुरस्कार वितरण गरे ।

प्रतियोगिताको कोशी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री सदानन्द मण्डलले चतरा नहरमा ढुङ्गा हुइक्याउँदै प्रतियोगिताको उद्घाटन गरेका थिए ।

प्रतियोगिताअघि कोशी प्रदेशका सांसदहरू विजयकुमार राई, ममता तामाङ, सपना परियार, बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीका साथै वडाध्यक्षहरूले ‘स्टोन स्किप’ गरेका थिए ।

शुभकामना मन्तव्य राख्दै मन्त्री मण्डलले पानी सुल्के प्रतियोगिताले बाल्यकालको सम्झना पुनरावृत्ति गराएको बताए ।

उनले कोशी नदी किनारका बस्तीहरुको आर्थिक, सामाजिक र ग्रामीण जनजीवनसँग जोडिएको खेललाई राष्ट्रियस्तरमा लानु पर्ने विचार राखे । मन्त्री मण्डलले पानी सुल्के खेललाई सूचीकृत गर्न नीतिगत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बराहक्षेत्र-१ का वडाध्यक्ष किसन थापाले स्वागत मन्तव्य व्यक्त गर्दै पानी सुल्के प्रतियोगिता बराहक्षेत्रको मौलिक खेल भएको बताए ।

‘पर्यावरण प्रवर्द्धन र एकता, खेल पर्यटनमा विविधता’ भन्ने नाराका साथ खेल पर्यटनको विकासका लागि चतरा हाइकिङ समूह र ग्रामीण पत्रकार समूहको सह-आयोजनामा प्रतियोगिता गरिएको संयोजक नवराज विष्टले बताए।

क्यामेरा प्रविधिबाट प्रतियोगिताको निर्णय गरिएको चतरा हाइकिङका संस्थापक तथा निर्णायक विजयकुमार राउतले जानकारी दिए । प्रतियोगितामा चतरा हाइकिङका संस्थापक भीषण राई, राजन घिमिरे निर्णायक थिए ।

यो खेलको अमेरिका, आयरल्यान्ड, स्कटल्याण्ड लगायत देशमा नदी, ताल र जाम पानीमा प्रत्येक वर्ष प्रतियोगिता हुन्छ ।

गिनिज बुक अफ वर्ल्ड रेकर्डका अनुसार ८८ पटक ढुङ्गा उफारेर अमेरिकी नागरिक कर्ट स्टेइनरले सन २०१३ मा यो खेलमा रेकर्ड राखेका छन् ।

नेपालमा गत वर्षदेखि सुनसरीको चतरा नहरमा प्रतियोगिता आयोजना भइरहेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ५ : ४६ बजे

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका

गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

एजेन्सी – गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबीच कतारमा