अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ « Khabarhub

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ


१६ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – बेलौरी नगरपालिका ९ रतनपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३८ मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय मोहन राज भट्टलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

काठमाडौं, चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट अवैध लागूऔषध पोल्याण्ड जस्तो देखिने पदार्थ ३ सय ६० ग्राम सहित धादिङ गजुरी गाउँपालिका ८ बस्ने १७ वर्षीय किशोरलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले पालुङबाट काठमाडौंतर्फ आउँदै गरेको ना ४ ख ४१०१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, नागार्जुन नगरपालिका(५ हलचोक चौतारा नजिक डेरा गरी बस्ने धादिङ सिरानचोक गाउँपालिका(४ घर भएकी ३७ वर्षीया चमेली ग्याल्वा तामाङलाई अवैध लागूऔषध गाँजा करिब ४ किलो ४ सय ग्राम र पोल्याण्ड २ किलो २ सय ग्राम सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

सुनसरी, धरान उपमहानगरपालिका२ भानु चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ४० मिलिग्राम सहित मोरङ केराबारी गाउँपालिका ५ सतिसाले बस्ने १८ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले बरगाछीबाट भानुचोकतर्फ आउँदै गरेको बा ८० प १२२३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलाली, टिकापुर नगरपालिका२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्राम सहित ५ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका१ बस्ने २२ वर्षीय निर्मल शाही, २२ वर्षीय भरत कुँवर, २३ वर्षीय दमन ढुंगाना, २१ वर्षीय सचिन भण्डारी र सोही नगरपालिका२ बस्ने २३ वर्षीय निराजन रावल रहेका छन् । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ८ : ०४ बजे

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण