गाजामा पोलियो खोप शनिबार पुनः सुरु हुने « Khabarhub

गाजामा पोलियो खोप शनिबार पुनः सुरु हुने


१६ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जेनेभा – विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले शुक्रबार उत्तरी गाजामा बालबालिकाका लागि पोलियो खोपको आवश्यक दोस्रो चरण शनिबार सुरु हुने बताएको छ । इजरायली बमबारीले खोप अभियान रोकेको थियो ।

गाजा क्षेत्रमा पोलियो खोपको अन्तिम चरण अघि बढ्नसक्ने घोषणा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायलसँग अभियान तुरुन्त पूरा गर्न आग्रह गरेको एक दिनपछि आएको हो ।घेराबन्दीमा रहेको प्यालेस्टिनी क्षेत्रमा पोलियोको पहिलो केस २५ वर्षपछि पुष्टि भएसँगै खोप अभियान सेप्टेम्बर १ मा सुरु भएको हो ।

पहिलो चरणको खोप गाजा क्षेत्रभरि पूरा गरियो र प्रतिरोधात्मक क्षमता निर्माण गर्न आवश्यक दोस्रो चरण अक्टोबर १४ मा अनुसूचीअनुसार सुरु भयो । युद्धमा मानवीय विरामको सहययोगमा पहिले केन्द्रीय गाजामा र त्यसपछि दक्षिणमा खोप अभियान सुरु भएको हो ।

तथापि डब्लुएचओले ‘तीव्र बमबारी’ का कारण जमिनी अवस्था ‘असम्भव’ भएकाले अक्टोबर २३ मा सुरु हुन लागेको उत्तरमा अन्तिम चरण स्थगित ग¥यो । हमास लडाकुहरूलाई त्यहाँ पुनः सङ्गठित हुन नदिने उद्देश्यले इजरायलले गत महिना उत्तरी गाजामा ठूलो हवाई र स्थल आक्रमण सुरु ग¥यो ।

“उत्तरी गाजामा पोलियो खोप भोलि पुनः सुरु हुन तयार छ”, डब्लुएचओका प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले शुक्रबार सामाजिक सञ्जाल एक्समा भन्नुभयो, “हामी गाजा सहरमा खोप अभियान गर्न आवश्यक मानवीय विरामको बारेमा आश्वस्त छौँ, दुर्भाग्यवश कभर गरिएको क्षेत्र पहिलो खोप चरणको तुलनामा उल्लेख्य रूपमा घटाइएकाले केही बालबालिकालाई असुरक्षित र सङ्क्रमणको उच्च जोखिममा छोड्नेछ ।”

उत्तरमा खोपहरू स्थगित गर्नुको आफ्नो मूल कारणमा संयुक्त राष्ट्र स्वास्थ्य एजेन्सीले मानवीय विरामका लागि अनुमोदित क्षेत्र गाजा सहर मात्र सीमित रहेको बताएको थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ९ : २५ बजे

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर