केन घाइते भएको खेलमा हारबाट जोगियो वारयन म्युनिख « Khabarhub

केन घाइते भएको खेलमा हारबाट जोगियो वारयन म्युनिख


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कप्तान हेरी केन घाइते भएको खेलमा वायरन म्युनिख मुस्किलले हारबाट बचेको छ। शनिबार राति भएको जर्मन बुन्डेसलिगाको खेलमा वायरन म्युनिख र बोरुसिया डर्टमन्ड बिच १–१ गोलको बराबरी भएको हो।

पहिलो हाफमा जेमी गिटेनले एकल प्रयासमा गरेका गोलमा भिन्सेन्ट कम्पनीको प्रशिक्षणमा रहेको म्युनिख पराजित हुने सम्भावना देखिएको थियो।

खेल सकिन ५ मिनेट बाँकी रहँदा मुसियला जमालले बराबरी गोल गर्दै सो सम्भावना टारेका थिए। २७ औँमिनेटमा गिटेनले गोल गरेका थिए भने त्यसको ६ मिनेट पछि नै चोट बोकेर केन मैदान छाड्न बाध्य भएका थिए।

वैकल्पिक खेलाडी मिखाइल ओलिसेको क्रसमा मुसियलाले हेड गोल गर्दै वायरनको संकट टारेका थिए।

शनिबारको अर्को खेलमा वेरडर ब्रेमन र स्टुगार्ट बिच २–२ गोलको बराबरी भयो। वायर लिभरकुसेनले युनियन बर्लिनलाई २–१ ले हरायो भने उल्भसबर्गले आरबी लेपिजलाई ५–१ ले हरायो। फ्रेइबर्गले बोरुसिया मोनचेनग्लेड ब्याचलाई ३-१ ले हरायो। अर्को खेलमा अग्सबर्गले बोकुम माथिको खेलमा १–० ले सफलता पायो।

तालिकामा म्युनिख १२ खेलमा ३० अङ्कसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको इन्रिच फ्रान्कफर्टको ११ खेलमा २३ तथा वायर कुसेनले १२ खेलमा २३ अङ्क छ। लेपिजको २१ तथा डर्टमन्ड र फ्रेइबर्गको २० अङ्क छ। उल्भसबर्ग १८ अङ्क सहित सातौँ तथा स्टुगार्ट १७ अङ्क सहित आठौँ स्थानमा छन्।

मोन्चेनग्लेडब्याचको पनि १७ अङ्क छ। युनियन बर्लिनको १६, ब्रेमनको १६ तथा अग्सबर्गको १५ अङ्क छ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ७ : २९ बजे

सुर्खेतमा एक विद्यार्थी मृत भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको

रातभर मनाएर सकियो तलेजुको जात्रा

भक्तपुर– विजयादशमीका दिन मध्यरातिबाट भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

काठमाडौँ– नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस

नदी कटान रोक्न तटीय क्षेत्रमा वृक्षरोपण

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित खल्लागोठमा मछेली नदीको कटान रोक्न

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका लागि