आज विश्व एड्स दिवस मनाइँदै | Khabarhub Khabarhub

आज विश्व एड्स दिवस मनाइँदै


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ भन्ने नाराका साथ आज ३७औँ विश्व एड्स दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको अगुवाइमा चेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाउन लागिएको हो । केन्द्रका निर्देशक डा. सर्वेश शर्माका अनुसार मुलुकमा सन् २०२३ सम्ममा एचआइभी सङ्क्रमण ९१ प्रतिशतले घटेको छ ।

सन् २०१० यता विश्वमा एचआइभी सङ्क्रमण ३९ प्रतिशतले घटेको छ । यसैगरी एड्सबाट मृत्युवरण गर्नेको सङ्ख्या आधाले घटेको छ । अफगानिस्तान, इजिप्ट, फिजी, फिलिपिन्स, पपुवान्यूगिनी र साउदी अरबमा भने सन् २०१० देखि २०२३ को बीचमा एचआइभी सङ्क्रमणमा शतप्रतिशतले वृद्धि भएको छ ।

एचआइभी सङ्क्रमण ७५ प्रतिशतले घटाउने देशमध्येमा नेपाल पनि एक हो । यस्तै सफलता केन्या, मलावी र जिम्बावेले हासिल गरेको उक्त केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ७ : २६ बजे

चितवनमा रविको बयान जारी रहँदा सहकारी पीडितको प्रदर्शन

काठमाडौं – सहकारी रकम दुरुपयोग प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको

लुम्बिनीलाई पहिलो झट्का, रनआउट भए आशुतोष

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गतको बुधबारको दोस्रो खेल लुम्बिनी लायन्स

नेपाल र चीनबीच बीआरआई सहकार्य ‘फ्रेमवर्क’मा हस्ताक्षर

काठमाडौं- लामो रस्साकस्सीबीच नेपाल र चीनले अन्तत: बेल्ट एन्ड रोड

धौलागिरि अस्पतालमा दुई वर्षयता सात सय शल्यक्रिया

गलकोट– धौलागिरि अस्पतालले पछिल्लो समय विशेषज्ञसहित विशिष्टिकृत सेवा दिन थालेको

त्रिवि शिक्षण अस्पतालमा राष्ट्रपतिको प्रोस्टेटको शल्यक्रिया

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेललाई देखिएको प्रोस्टेटसम्बन्धी समस्याको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल