मोरङको ग्रामथानमा मतदान जारी (तस्बिरहरू) | Khabarhub Khabarhub

मोरङको ग्रामथानमा मतदान जारी (तस्बिरहरू)


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

मोरङ– मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतदान जारी रहेको छ । बिहान ७ बजे सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ ।

उक्त गाउँपालिकाको अध्यक्ष पदका लागि एक स्वतन्त्रसहित १६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

७ वटा वडा रहेको ग्रामथानमा १२ मतदानस्थल र २९ मतदान केन्द्र छन् । उपनिर्वाचनमा २६ हजार ४४ मतदाताले मतदान गर्दै छन्।

२०७९ सालको निर्वाचनमा ग्रामथान गाउँपालिकाको अध्यक्षमा विजयी नेपाली कांग्रेसका जयप्रकाश गच्छदारको गत असारमा निधन भएपछि उक्त स्थानमा उपनिर्वाचन भएको हो ।

तस्बिर : ध्रुव भट्टराई, मोरङ

 

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ८ : २६ बजे

डुबेर तीन जनाको मृत्यु

काठमाडौं– कपिलवस्तुको कपिलवस्तु नगरपालिका-६ थुमुवास्थित माछा पोखरीमा डुबेर सोही नगरपालिका-११ औराह घर

आप्रवासन कार्यमा सहयोग गर्न फ्लोरिडामा २०० नौसैनिक परिचालन

एजेन्सी – दक्षिणपूर्वी राज्यमा भइरहेको आप्रवासन प्रवर्तन छापाहरूका लागि प्रशासनिक

धनुषाको दुहबीमा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त

जनकपुर– धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीमा सशस्त्र प्रहरी र तस्करीबीच

काठमाडौंबाट ९ जना जुवाडे पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका-३१ मिलनचोक बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका- २ घर भएका ६३

खलङ्गामा वितरण गरिएको खानेपानीमा इकोली जीवाणु भेटियो

दार्चुला– दार्चुला सदरमुकाम खलङ्गामा वितरण गरिएको खानेपानीमा मानव स्वास्थ्यका लागि