म्याग्दीको झिँ–टोड्के सडक स्तरोन्नति सुरु | Khabarhub Khabarhub

म्याग्दीको झिँ–टोड्के सडक स्तरोन्नति सुरु


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सीमा क्षेत्रमा रहेको पर्यटकीयस्थल टोड्के पुग्ने सडक स्तरोन्नति प्रारम्भ भएको छ ।

हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोलको अवलोकनका लागि नयाँ गन्तव्यका रूपमा विकास भएको टोड्के भ्रमणमा जाने पर्यटकका साथै स्थानीयवासीको सहजताका लागि रघुगङ्गा गाउँपालिका–५ झिँबाट सडक स्तरोन्नति प्रारम्भ गरिएको हो ।

रघुगङ्था गाउँपालिका–५ का वडाध्यक्ष मनबहादुर शेरमञ्जाले चालु आर्थिक वर्षका लागि गाउँपालिकाले विनियोजन गरेको ५० लाख बजेटबाट सडक फराकिलो पार्ने, पानीको निकासका लागि नाला निर्माणका साथै ८० मिटर ढलान गरिने बताए ।

‘झिँ–टोड्के ६ किलोमिटर सडकमध्ये यस वर्षको बजेटबाट अप्ठ्यारो र साँघुरो ठाउँलाई सहज बनाउन उपभोक्ता समितिबाट मजदुर र डोजर परिचालन गरेर काम थालिएको छ’, उनले भने ।

सङ्घीय सहरी विकास मन्त्रालयबाट विनियोजित एक करोड ५० लाख रुपैयाँ बजेटबाट मङ्गला गाउँपालिकाको कुहुँ–भिरकटेरा–टोड्के र टोड्के–झिँ खण्डमा पनि स्तरोन्नति गर्न बोलपत्र आह्वान भएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  १० : २३ बजे

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन

नौ वर्षमा टुङ्गियो गाउँपालिकाको केन्द्र

गलकोट– विसं २०७३ मा स्थापना भएको काठेखोला गाउँपालिकाले स्थापनाको नौ