उपनिर्वाचन : ४१ पदका लागि मतदान जारी (तस्बिरहरू) « Khabarhub

उपनिर्वाचन : ४१ पदका लागि मतदान जारी (तस्बिरहरू)


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि मतदान भइरहेको छ । आज बिहान ७ बजे सुरु भएको मतदान कार्यक्रम साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ ।

नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन अन्तर्गत आज मतदान भइरहेको हो ।

हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षका लागि मतदानमा सहभागी मतदाता ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्ष पदका लागि मतदानमा भाग लिँदै स्थानीय ।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा रिक्त उपाध्यक्ष पदका लागि भइरहेको उपनिर्वाचनमा साविकको जुकोट गाविस भवन, वडा नम्बर ३ को मतदान केन्द्रमा मतदान गर्न लाइनमा बसेका मतदाता ।

महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को वडाध्यक्ष पदको उपनिर्वाचनका लागि श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय मोहनपुर मतदान केन्द्रमा मतदानका लागि लामबद्ध मतदाता।

रोल्पाको रुण्टिगढी गाउँपालिका–४ नम्बर वडाको वडाध्यक्ष पदका लागि सूर्योदय माध्यमिक विद्यालय मतदान केन्द्रमा लामबद्ध मतदाता ।

दार्चुलाको दुहुँ गाउँपालिका–५ स्थित दुर्गा आधारभूत विद्यालय धारी मतदान केन्द्रमा वडा अध्यक्ष पदको मतदानमा सहभागी ।

सुनसरीको गढी गाउँपालिका–६ को जनता माध्यमिक विद्यालय मतदान केन्द्रमा आइतबार मतदान गर्दै एक महिला ।

तस्बिरहरु : रासस

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  १२ : २९ बजे

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप र

यूएईका अमेरिकी अखडामा हमला गर्ने आईआरजीसीको चेतवानी

काठमाडौं- इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड कोर आईआरजीसीले

हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ पहिलो

ललितपुर– महिला सशक्तीकरण तथा स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहितको

एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद, को-को परे ?

काठमाडौं- नेकपा (एमाले) ले समानुपातिक सांसदको सूची टुंग्याएको छ ।

म्याग्दीको धवलागिरि ३ मा ग्रामीण सरसफाइ आयोजना

म्याग्दी– धवलागिरि गाउँपालिका–३ मुनामा ढल व्यवस्थापन आयोजना निर्माण थालिएको छ