उपनिर्वाचन : ४१ पदका लागि मतदान जारी (तस्बिरहरू) « Khabarhub

उपनिर्वाचन : ४१ पदका लागि मतदान जारी (तस्बिरहरू)


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि मतदान भइरहेको छ । आज बिहान ७ बजे सुरु भएको मतदान कार्यक्रम साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ ।

नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन अन्तर्गत आज मतदान भइरहेको हो ।

हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षका लागि मतदानमा सहभागी मतदाता ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्ष पदका लागि मतदानमा भाग लिँदै स्थानीय ।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा रिक्त उपाध्यक्ष पदका लागि भइरहेको उपनिर्वाचनमा साविकको जुकोट गाविस भवन, वडा नम्बर ३ को मतदान केन्द्रमा मतदान गर्न लाइनमा बसेका मतदाता ।

महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को वडाध्यक्ष पदको उपनिर्वाचनका लागि श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय मोहनपुर मतदान केन्द्रमा मतदानका लागि लामबद्ध मतदाता।

रोल्पाको रुण्टिगढी गाउँपालिका–४ नम्बर वडाको वडाध्यक्ष पदका लागि सूर्योदय माध्यमिक विद्यालय मतदान केन्द्रमा लामबद्ध मतदाता ।

दार्चुलाको दुहुँ गाउँपालिका–५ स्थित दुर्गा आधारभूत विद्यालय धारी मतदान केन्द्रमा वडा अध्यक्ष पदको मतदानमा सहभागी ।

सुनसरीको गढी गाउँपालिका–६ को जनता माध्यमिक विद्यालय मतदान केन्द्रमा आइतबार मतदान गर्दै एक महिला ।

तस्बिरहरु : रासस

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  १२ : २९ बजे

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण

प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवनबाट

नयाँ चलचित्र जाँचपास कार्यविधिमा चलचित्रकर्मीले देखाए खोट

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा सेन्सरको विवाद नयाँ होइन ।

मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय दलित आयोगद्वारा आज मधेस प्रदेशप्रमुख समक्ष पाँचौँ वार्षिक

पार्टीको महाधिवेशन लम्बिन सक्छ : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको महाधिवेशन केही