उनिर्वाचन अप्डेट : उदयपुरको बेलका–९ मा ७४६ मत खस्यो « Khabarhub

उनिर्वाचन अप्डेट : उदयपुरको बेलका–९ मा ७४६ मत खस्यो


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–उदयपुरको बेलका नगरपालिका–९ मा वडाध्यक्षका लागि भइरहेको उपनिर्वाचनमा ७४६ मत खसेको छ । बेलका–९ का निर्वाचन अधिकृत मनोज प्रसाद गुप्ताकाअनुसार मतदान शान्तिपूर्ण भइरहेको छ ।

बेलका–९ मा ३ उपकेन्द्रमार्फत निर्वाचन भइरहेको छ । जसमा ‘क’मा नवराज खड्का, ‘ख’मा भवानी कट्टेल र ‘ग’मा विकास भट्टराई मतदान अधिकृत छन् ।

निर्वाचन अधिकृत गुप्ताका अनुसार बिहान ११ बजेसम्मको अप्डेट अनुसार उपकेन्द्र ‘क’मा १४१ जना पुरुष र १०४ जना महिलाले मतदान गरेका छन् ।

त्यस्तै, ‘ख’मा १३८ पुरुष र १२२ महिला, ‘ग’मा १३१ जना पुरुष र ११२ जना महिलाले मदतान गरेको अधिकृत गुप्ताले जानकारी दिए ।

बेलका–९ मा नेपाली कांग्रेसका नवराज बस्नेत(नवीन), एमालेका मोहन खड्का र माओवादी केन्द्रका भरत घिमिरेसहित ७ उम्मेदवार छन् । रास्वपा, जसपा, र राप्रपाका उम्मेदवारहरू पनि प्रतिस्पर्धामा छन् ।

बोलका–९ मा २०७९ को निर्वाचनमा कांग्रेसका पदम खड्का निर्वाचित भएका थिए । उनको सवारी दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचन भएको हो ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  १२ : ३१ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब