सहकारी प्रकरण- काठमाडौंमा रविको बयान, साझेदार छविलाललाई चितवन लगियो « Khabarhub

सहकारी प्रकरण- काठमाडौंमा रविको बयान, साझेदार छविलाललाई चितवन लगियो


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी संस्थाको बचत हिनामिना र ठगी प्रकरणमा मुछिएका पूर्वडीआईजी छविलाल जोशीलाई बयानका लागि चितवन लगिएको छ ।

चितवनस्थित सहकार सहकारी संस्थाको बचत हिनामिना प्रकरणमा मुछिएका उनलाई आइतबार पोखराबाट जहाजमार्फत् चितवन लगिएको हो ।

काठमाडौंस्थित गोर्खा मिडिया नेट्वर्कको ग्यालेक्सी टेलिभिजनका सञ्चालसमेत रहेका जोशीसँगै रामबहादुर खनाललाई पनि चिवतन लगिएको छ ।

पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत ठगी प्रकरणमा प्रहरीले नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाललाई गत ९ कात्तिकमा पक्राउ गरेको थियो ।

यस्तोमा यी दुवैजनालाई जहाजमार्फत् बयानका लागि आइतबार जिल्ला सरकारी वकिलको कार्यालय चितवनमा पेश गरिँदैछ । उनीहरूविरुद्ध गत ७ मंसिरमा चितवन जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

पीडितहरूले दिएको पूरक जाहेरीका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १० जनाविरुद्ध चितवनबाट पनि पक्राउ पुर्जी जारी भएको थियो ।

पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछाने र साझेदार जोशीविरुद्ध उनकै गृहजिल्ला चितवनमा ५ मंसिरमा सहकारी ठगी प्रकरणमा पीडितहरूले पूरक जाहेरी दिएपछि पक्राउ पुर्जी जारी भएको थियो ।

गत कात्तिक ३ गतेदेखि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेसहित १० जनाविरुद्ध सहारा चितवन बहुउद्धेश्यीय सहकारी संस्थाका बचतर्कताले जाहेरी दिएका थिए । सहकारी पीडित संघर्ष समितिका अध्यक्ष शालिकराम दवाडीले रवि र छविसहित १० जनाविरुद्ध जाहेरी दिएका थिए ।

रविको निर्वाचन क्षेत्रमा पनि कार्यक्षेत्र रहेको सहारा सहकारी संस्थाबाट गोर्खा मिडिया नेटवर्कमा १० करोड ८० लाख १८ हजार रूपैयाँ अवैध बाटोबाट लगानीका रुपमा भित्र्याएको संसदीय छानबिन समितिले पनि पत्ता लगाइसकेको छ ।

रविकै साझेदार गितेन्द्रबाबु राई (जीबी) अध्यक्ष रहेको सहारा सहकारी संस्थाको बच ठगी प्रकरणमा नेपाल प्रहरीका पूर्व डीआईजी एवम् गोर्खा मिडियाका लगानीकर्ता छविलाल जोशी पनि तानिएका छन् ।

सहारा सहकारीका बचतकर्ताले यसअघि नै चितवन प्रहरीमा जाहेरी दिइसकेका थिए । तर पीडितहरूले रविसहित १० जनाविरुद्ध पूरक जाहेरी दिएपछि पक्राउ पुर्जी जारी गरिएको थियो ।

लामिछाने र जोशी पोखरास्थित सूर्यदर्शन सहकारी संस्था, बुटवलस्थित सुप्रिम सहकारी, पर्सास्थित सानोपाइला, चितवनको सहारा र काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत हिनामिना र ठगी प्रकरणको अनुसन्धानमा तानिएका छन् ।

रवि र छविविरुद्ध कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ ।

रवि भने काठमाडौंमा जारी पक्राउ पुर्जीका आधारमा शुक्रबारदेखि जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । उनको आइतबार पनि बयान चलिरहेको छ ।

उता छविलाललाई भने काठमाडौं बयान सकाएर पोखरा लगिएको थियो । अब उनको बयान सकिएपछि पोखरा नै फर्काइने छ । रविलाई पनि कठमाडौंमा बयान सकेर पोखरा लगेपछि चितवनमा बयानका लागि उपस्थित गराइँदैछ ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  १ : ०६ बजे

कृषिलाई पहिलो प्राथमिकतामा राखेका छौँ : मुख्यमन्त्री यादव

महोत्तरी– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कृषि क्षेत्रलाई प्रदेश सरकारले

कुलमानले भने- ‘समानुपातिक सूचीमा मेरो भान्जा र ससुराको नाम छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा मन्त्री कुलमान घिसिङले

भाषण र झारा टार्ने शैली चल्दैन, काम देखिनुपर्छ : मधेशका कृषिमन्त्री पटेल

जनकपुर– मधेश प्रदेशका नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री

ट्रम्पको दोस्रो कार्यकालमा पहिलोपटक भिटो

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस हप्ता पानी पाइपलाइन र

प्रतिनिधिसभा निर्वाचन : कालीकोटमा तयारी तीव्र

मान्म– कालीकोटमा एक हजार ७७२ नयाँ मतदाता थप भएका छन्