दशजनाको गस्ती टोलीबीच सशस्त्रका सईलाई किचेर कसरी भाग्यो तस्करीको गाडी ? | Khabarhub Khabarhub

दशजनाको गस्ती टोलीबीच सशस्त्रका सईलाई किचेर कसरी भाग्यो तस्करीको गाडी ?


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


831
Shares
  • change font
  • change font
  • change font

सिरहा- सिरहामा तस्करको स्कोरपियो गाडीले किच्दा सशस्त्र प्रहरीका एकजना नायव निरीक्षक (सई) को ज्यान गएको छ ।

भारतीय सीमानजीकै बडीयारपट्टी-१ कचनारी भित्री सडकखण्डमा गस्तीमा रहेका सशस्त्र प्रहरीका सई ४८ वर्षीय लक्ष्मण प्रसाद यादवलाई आइतबार बिहान तस्करीमा प्रयोग गरिएको स्कोरपियो गाडीले किचेर ज्यान लिएको हो ।

नेपालबाट भारततर्फ गइरहेको तस्करीमा प्रयोग भएको स्कोरपियो रोक्न खोज्दा यादवलाई ठक्कर दिएर भाग्न लागेको थियो । ठक्करबाट यादवको मृत्यु नभएपछि उनलाई स्कोरपिओ ब्याक गरेर किचेको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी ७ नम्बर गण सिरहाका प्रमुख एसपी नरेश भण्डारीले नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली देखेर भाग्ने क्रममा स्करपियोले ठक्कर दिएको थियो ।

उनले अहिलेसम्म त्यो स्कोरपियो गाडीले नेपाल-भारत सीमाक्षेत्रमा तस्करीको मदिरा बोकेको सूचना आए पनि फेला नपरेकाले केही भन्न नसकिने जनाए।

बोर्डर आउट पोस्ट (बीओओपी वडहरीमा कार्यरत सशस्त्रका सई यादवको नेतृत्वमा ५ जना र प्रहरी चौकी कचनारीका असई वीरेन्द्रकुमार साह नेतृत्वको ५ जनाको संयुक्त मोटर साइकल गस्ती टोलीबीच घटना हुँदा पनि स्कोरपियो भाग्न सफल भएको थियो । यसलाई लिएर सशस्त्र प्रहरीले घटना शंकास्पद भनेको छ।

उनले भने, ‘यो सामान्य घटना होइन। १० जना हतियारसहितको टोलीमा एकजना प्रहरीको मृत्यु भएको छ। यसले प्रहरी टोली आफैँ शंकाको घेरामा परेको छ।’

ती प्रहरी अधिकृतका अनुसार जिल्लाका प्रहरी प्रमुख र प्रशासककै मिलेमतोमा यस क्षेत्रबाट निर्वाध तस्करी हुने गरेको छ ।

‘जिल्लाका प्रहरी, प्रशासन प्रमुखहरूकै मिलेमत्तोमा यस क्षेत्रबाट निर्वाध मदिरा भारततर्फ तस्करी भइरहेको थियो। त्यो कुरा पछिल्ला दिन मदिरा बरामदको घटनाले पनि देखाएको । यो घटनाले मदिरामात्रै नभई अन्य सामाग्री पनि तस्करी भएको हुन सक्ने देखाउँछ’, उनले भने ।

उनका अनुसार सशस्त्रका सई मारिएको घटना दशगजाबाट ४ सयमिटर नेपालतर्फ भएको हो ।

‘घटना दशगजा देखि ४ सय मिटरको दूरीमा नेपाल तर्फ भएको हो । मदिरा तस्करले नेपालमा यति ठूलो उपद्रो गर्दैनन्’, उनले भने, ‘भारतमा मात्रै उनीहरूलाई डर हो। यो गाडीमा सुपारी, सुकुमेल, प्रतिबन्धित लागूऔषध गाँजा वा बहुमूल्य सामाग्री हुनु पर्छ।’

परिवारजनले घटनाको उचित छानबिन गर्नुपर्ने माग गर्दै पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लहानमा चक्काजामसहित प्रदर्शन गरिरहेको छ।

पीडित परिवारले सिरहाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई निलम्बन गरी घटनाको छानबिन गर्नु पर्ने माग गरिरहेको छ।

यादवको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल लहानमा राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  २ : ०७ बजे

खो खो विश्वकप : आज नेपाल र भारतबीच उपाधि भिडन्त

काठमाडौं– खो खो विश्वकप अन्तर्गत आज महिला र पुरुष तर्फको

सडक कालोपत्र नहुँदा यात्रुलाई सास्ती

बागलुङ– निर्माण व्यवसायीले निर्धारित समयमा काम गरेको भए अहिले काठेखोला

बडिगाडको ढाका उद्योगले पहिचान बनाउँदै

बागलुङ- पाँच वर्षअघि बडिगाड गाउँपालिकाको सहयोगमा स्थापना भएको बडिगाड ढाका

म्याग्दीको नामिलामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना

म्याग्दी– भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको रघुगङ्गा