मौद्रिक नीति पछिको शेयर बजार १० अंकले घट्यो  | Khabarhub Khabarhub

मौद्रिक नीति पछिको शेयर बजार १० अंकले घट्यो 


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको समीक्षा गरेको थियो । तर मौद्रिक नीतिमा भने कुनै नीति परिवर्तन भने भएन । मौद्रिक नीतिको पहिलो शेयर बजारलाई भने लगानीकर्ताले राम्रोसँग भने लिएका छैनन् ।

अर्थात् मौद्रिक नीतिको समीक्षा पछिको शेयर बजार भने घटेको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.९९ अंकले घटेको छ । आइतबार नेप्से ०.३६ प्रतिशतले घटेर २७३८.०६ विन्दुमा पुगेको छ ।

आज नेप्से घट्दा ८ अर्ब ८३ करोड २२ लख २५ हजार रुपैयाँ बराबरको १ करोड ६७ लाख ६७ हजार १६८ कित्ता शेयर कारोबार भएको छ ।

आज बजार घट्दा ६३ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १७८ वटा कम्पनीको शेयर मूल्य बढेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज २१४ वटा कम्पनी कारोबारमा आउँदा ८२ हजार ६०२ पटक शेयर किनबेच भएको छ । आज १२ वटा कम्पनीको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ भने जानकी र नेपाल फाइनान्सको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

आज १३ वटा समूहमध्ये ३ समूह बढेको छ भने १० समूह घटेको छ । आज विकास बैंक समूह ४.५२ प्रतिशतले बढेर ६ हजार १२६.२७ विन्दुमा, होटल तथा पर्यटन ०.३० प्रतिशतले बढेर ६ हजार ९१७.२८ विन्दुमा र ट्रेडिङ समूह ९.०७ प्रतिशतले बढेर ४ हजार ६१२.८३ विन्दुमा पुगेको छ ।

आज सबैभन्दा बढी फाइनान्स समूह २.९६ प्रतिशतले घटेर ३ हजार ५३०.३९ विन्दुमा पुगेको छ ।

त्यस्तै, वाणिज्य बैंक १.४७ प्रतिशतले, हाइड्रोपावर १.१४ प्रतिशतले, लगानी १.१५ प्रतिशतले, जीवन बीमा १.३५ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.५७ प्रतिशतले, लघुवित्त ०.९२ प्रतिशतले, म्युचुअल फण्ड ०.२३ प्रतिशतले, निर्जीवन बीमा ०.०१ प्रतिशतले र अन्य समूह १.३५ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ३ : १४ बजे

प्रधानमन्त्रीलाई माओवादीले सोध्योः डेढ महिनासम्म भत्केका कार्यालय र निवासमा सरकार किन पुगेन?

काठमाडौँ– नेकपा माओवादी केन्द्रले सरकार सञ्चालनको डेढ महिनासम्म पनि नेताको

ड्रोनबाट यस्तो देखियो झिलिमिली काठमाडौं उपत्यका (तस्बिरहरू)

काठमाडौं – हिन्दूहरूको दोश्रो महान पर्व तिहार आए सँगै काठमाडौं

दीपावलीको आतशबाजीपछि नयाँदिल्ली घना र खतरनाक धुवाँले ढाकियो

नयाँदिल्ली- लाखौँ श्रद्धालुले हिन्दू पर्व दीपावली धुमधामका साथ आतशबाजी गरी

जेन-जी र दलहरूलाई एकसाथ बैठक बस्न प्रधानमन्त्रीको प्रस्ताव

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले दलहरूलाई जेन-जीसँगै बैठकमा सहभागी हुन नयाँ

जेनजीसँग छलफल गर्न तयार छौं: पम्फा भुसाल

काठमाडौं – नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले प्रधानमन्त्री सुशिला