विवाहपञ्चमी महोत्सव सुरू ,पहिलो दिन नगर दर्शन मनाइयो (तस्बिरहरू) « Khabarhub

विवाहपञ्चमी महोत्सव सुरू ,पहिलो दिन नगर दर्शन मनाइयो (तस्बिरहरू)


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– आजदेखि विधिवत् रूपमा सुरु भएको सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव पहिलो दिन आज नगर दर्शन सम्पन्न भएको छ।  विवाहपञ्चमीको पहिलो दिन आज जानकी मन्दिरको प्राङ्गणमा नगरदर्शन गरिएको हो ।

यस विधिको लागि मन्दिरको प्राङ्गन श्रद्धालु भक्तजन तथा दर्शनार्थीहरुको भीडले भरिको थियो । भगवान् राम र लक्ष्मण पहिलो पटक प्राचीन मिथिलाको राजधानी जनकपुरधामको भ्रमण गरेको स्मरणमा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन नगरदर्शन विधि गरिन्छ ।

नगरदर्शन विधिमा राम लक्ष्मणको प्रतीकको रूपमा रहेको दुई बालकलाई नगरदर्शन गराइएको थियो ।

विवाहपञ्चमी महोत्सवको लागि नेपालको विभिन्न जिल्ला सहित भारतबाट समेत श्रद्धालुहरू आउन थालेका छन् । मिथिला नरेश राजा जनकको छोरी सीताको विवाहको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा विवाहपञ्चमी महोत्सव मनाइने गरिन्छ ।

हेर्नुहोस् तस्बिरहरु

 

 

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ५ : ३० बजे

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले