रवि लामिछानेको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन  « Khabarhub

रवि लामिछानेको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन 


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकहरूले आइतबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

सहकारी ठगी प्रकरणमा काठमाडौं सरकारी वकिल कार्यालयमा लामिछानेको बयान भइरहँदा उनका समर्थकले माइतीघरमा प्रदर्शन गरेका हुन् ।

उनीहरूले राजनीतिक प्रतिशोधका कारण निर्दोष व्यक्तिलाई थुनामा राखेको आरोप लगाएका छन् । प्रदर्शनमा सहभागीले रवि लामिछानेलाई रिहा गर, राजनीतिक प्रतिशोध बन्द गर लगाएका प्लेकार्ड प्रदर्शन गर्दै नारा लगाएका थिए ।

पोखराको प्रहरी हिरासतमा रहेका रवि लामिछानेलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा बयानका लागि बिहीबार काठमाडौं ल्याइएको थियो ।

यो पनि पढ्नुहोस् : 

दोस्रो दिन पनि सकिएन रवि लामिछानेको बयान, भोलि सकेर पोखरा लगिने

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ५ : ४२ बजे

ट्रम्पको दोस्रो कार्यकालमा पहिलोपटक भिटो

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस हप्ता पानी पाइपलाइन र

प्रतिनिधिसभा निर्वाचन : कालीकोटमा तयारी तीव्र

मान्म– कालीकोटमा एक हजार ७७२ नयाँ मतदाता थप भएका छन्

राप्रपा र राप्रपा नेपालबीच एकता घोषणासभा (तस्बिरहरू)

काठमाडौं– राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा

आयोगकै कमजोरीले फैलियो नेताहरुमाथि कालोसूचीको हल्ला 

केही दिनदेखि सञ्चार माध्यममा २०७९ सालमा निर्वाचन लडेका हजार बढी

नवौँ एनभीए भलिबल च्याम्पियनसिप: महिलातर्फ एभरेष्ट क्लबको चुली युवा क्लबमाथि जित

काठमाडौं– नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फको खेलमा