नेपालमा घटे एचआईभी संक्रमित, महिला र बालबालिका अझै जोखिममा | Khabarhub Khabarhub

सन्दर्भ : विश्व एचआईभी एड्स दिवस 

नेपालमा घटे एचआईभी संक्रमित, महिला र बालबालिका अझै जोखिममा



आज ३७ औँ  विश्व एचआईभी एड्स रोकथाम दिवस नेपाल लगायत विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम गरेर मनाइयो ।  हरेक वर्ष डिसेम्बर १ तारिखका दिन मनाइने विश्व एड्स दिवस २०२४ को नारा टेक द राइट पथ : माइ हेल्थ माइ राइट (अधिकारको बाटो लिनुहोस्: मेरो स्वास्थ्य, मेरो अधिकार) भन्ने राखिएको छ ।

विश्वमा सन् १९८१ मा पहिलो एचआईभी संक्रमित रिपोर्ट भएदेखि सन् २०२३ को अन्त्यसम्म ८ करोड ८४ लाख व्यक्तिहरू एचआईभीबाट संक्रमित भएका छन् । जसमध्ये ४ करोड २३ लाख व्यक्तिको मृत्यु भएको तथ्याङ्क छ । सन् २०२३ को अन्त्यसम्म संसारमा ३ करोड ९९ लाख व्यक्तिहरूमा एचआईभी संक्रमण भएको अनुमान गरिएको छ । कुल एचआईभी संक्रमित ३ करोड ९९ लाख मध्ये ७७ प्रतिशत (३ करोड ७ लाख) मात्र एन्टीरेट्रोभाईरल (एआरभी) उपचारमा छन् ।

सन १९८८ मा नेपालमा एचआइभी एड्स पत्ता लागेको हो । कुनै समय महामारीकै रूपमा फैलिएको यो रोगका कारण नेपालमा हालसम्म ३० हजार ३ सय जनाको मृत्यु भएको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्यांकमा उल्लेख छ । केन्द्रका अनुसार सन् २०२३ मा ४५७ व्यक्तिहरूमा एचआईभीको नयाँ संक्रमण भएको अनुमान गरिएको छ जुन सन् २००० को तुलनामा ९१ प्रतिशतले घटेको छ ।

सन् २००० मा ५ हजार १ सय व्यक्तिहरूमा नयाँ संक्रमण अनुमान गरिएको थियो । सन् २०१० को तुलनामा ७८ प्रतिशतले कम हो ।  सन् २०२३ मा नेपालमा एचआइभी एड्सका कारणले २ सय ६१ जनाको मृत्यु भएको छ । संक्रमित मध्ये ८२ प्रतिशत अर्थात् २४ हजार ७ सय ९३ जनाले एन्टीरेट्रोभाईरल (एआरभी) उपचार लिइरहेका छन् ।

एड्स कस्तो रोग ? 
एचआईभी एड्स एक किसिमको भाइरसबाट हुने सरुवा रोग हो । यो असुरक्षित यौन सम्पर्क, रगत, शरीरबाट निस्किने तरल पदार्थ, संक्रमित आमाबाट जन्मेको बच्चामा सर्ने गर्दछ । त्यस्तै लागु पदार्थ  दुर्व्यसनीहरुले एउटै सुई धेरैजनाले प्रयोग गर्दा एकजना संक्रमित छ भने अरूलाई पनि सर्ने सम्भावना रहन्छ ।

सुरुवाती अवस्थामा एड्स रोगी भन्ने बित्तिकै एकदमै हेयका दृष्टिकोणले हेर्ने गरिन्थ्यो । शुरुमा टेकु अस्पतालमा एआरभी सेन्टर स्थापना हुँदा यो सेन्टरमै आउने बिरामीलाई हेर्ने दृष्टिकोण एकदमै नकारात्मक थियो । अहिले त्यो अवस्था छैन । तर ,पूर्णरूपमा परिवर्तन भने हुने सकेको छैन । कतिपय ठाउँमा अझै पनि नकारात्मक दृष्टिकोणले हेर्ने प्रवृत्ति कायमै छ   

एचआइभी मात्रै हुँदा संक्रमण मात्रै भयो । एड्स भइसकेपछि रोगमा परिणत हुन्छ । त्यस्तो अवस्थामा कुनै पनि कमजोर अङ्गमा यसले आक्रमण गरेर क्षति पुर्‍याउने गर्दछ । यो रोग लागे पनि सुरुवाती अवस्थामा लक्षण देखिँदैन। यदि संक्रमितलाई अरु कुनै रोग लागेको छैन भने संक्रमण भएको केही वर्षसम्म पनि उसको इम्युनिटी पावर बलियो भएका कारण रोगका लक्षणहरू देखिँदैनन्। तर पहिलेदेखि बिरामी अर्थात् दीर्घरोगीमा क्षयरोग, मौसमी रोग, जस्तै- झाडापखाला, रुघाखोकी, तौल घट्दै जाने जस्ता लक्षणहरू चाँडो देखिन सक्छन् । समयमै यसको उपचार गरेनौँ भने मृत्युसमेत हुन सक्छ ।

संक्रमितहरुले बाँचुञ्जेल औषधी खानुपर्ने भएकाले एड्सलाई एउटा दीर्घरोगका रूपमा लिनुपर्छ । सुरुवाती अवस्थामा एड्स रोगी भन्ने बित्तिकै एकदमै हेयका दृष्टिकोणले हेर्ने गरिन्थ्यो । शुरुमा टेकु अस्पतालमा एआरभी सेन्टर स्थापना हुँदा यो सेन्टरमै आउने बिरामीलाई हेर्ने दृष्टिकोण एकदमै नकारात्मक थियो । अहिले त्यो अवस्था छैन । तर ,पूर्णरूपमा परिवर्तन भने हुने सकेको छैन । कतिपय ठाउँमा अझै पनि नकारात्मक दृष्टिकोणले हेर्ने प्रवृत्ति कायमै छ ।

नियमित रूपमा औषधी सेवन गर्‍यो भने अन्य दीर्घरोगहरूजस्तै एड्सका बिरामीले पनि राम्रो जीवनयापन गरेर बाँच्न सक्छन् ।

नेपालमा कसरी फैलियो ?

पहिलेको तथ्याङ्क हेर्दा छिमेकी देश भारतसँगको खुला सिमानाका कारण नेपालबाट भारत जाने युवाहरूको संख्या धेरै हुने र उनीहरू यौन क्रियाकलापमा संलग्न हुन्थे । त्यसबेला एचआइभी लगायत यौन रोगका बारेमा जानकारी नहुँदा पछि नेपाल आएर शारीरिक क्रियाकलापबाट आफ्नो परिवारलाई सारेको देखिन्छ । पछि उनीहरूबाट जन्मेका बालबालिकाहरूमा पनि संक्रमण फैलियो र गाउँ समाज सबैतिर फैलिन गयो ।

अहिले पनि संक्रमित बालबालिकाहरू हाम्रो समाजमा धेरै छन् । यस वर्षको तथ्याङ्क हेर्दा ४८ बालबालिकामा एचआईभीको संक्रमण देखिएको छ । बिस्तारै यसबारे सचेतना फैलिँदै जाँदा संक्रमण घट्दो क्रममा रहे पनि वैदेशिक रोजगारीमा जाने युवाहरूको संख्या बढ्दो क्रममा रहेको, यौनजन्य क्रियाकलापहरू तथा लागु पदार्थ दुर्व्यसनीको संख्या बढ्दो क्रममा रहेकाले संक्रमणको जोखिम कायमै छ ।

हामीले औषधी बाँड्न त सुरु गर्‍यौँ तर कतिले नियमित खाइरहेका छन् कतिले छोडे भन्ने कुराको जानकारी राख्न आवश्यक छ । कतै संक्रमित गर्भवती आमाहरूले नै औषधी खाइरहेका छैनन् कि भन्ने कुराको पनि जानकारी राख्न आवश्यक छ 

वैदेशिक रोजगारीमा जानेहरूलाई विभिन्न सिपमूलक तालिम सँगसँगै एचआइभी जस्ता यौनजन्य रोगहरूका बारेमा सिकाउन जरुरी छ । संक्रमण घट्यो भनेर खुसी भइरहँदा औषधीको पहुँचमा ८० प्रतिशत मात्रै रहेका छन् । बाँकी संक्रमितहरुको अवस्था के छ त्यसको अनुसन्धान गर्न जरुरी छ ।

हामीले औषधी बाँड्न त सुरु गर्‍यौँ तर कतिले नियमित खाइरहेका छन् कतिले छोडे भन्ने कुराको जानकारी राख्न आवश्यक छ । नवजात शिशुहरूमा पनि एचआइभीको संक्रमण देखिनु भनेको पक्कै पनि राम्रो कुरा होइन । कतै संक्रमित गर्भवती आमाहरूले नै औषधी खाइरहेका छैनन् कि भन्ने कुराको पनि जानकारी राख्न आवश्यक छ । तब मात्रै यसको संक्रमण घटाउन सकिन्छ ।

नियन्त्रणका लागि सरकारी प्रयास 

नेपालमा राष्ट्रिय एचआइभी रणनीतिक योजना २०२१–२०२६ ले निर्देश गरेअनुरूप उच्च जोखिममा रहेका समूह जस्तै सुईद्वारा लागूपदार्थ प्रयोग गर्ने, यौनकर्मी र तिनका ग्राहक, पुरुष समलिङ्गी तथा तेस्रो लिङ्गी र रोजगारका लागि बिदेशिने तथा तिनका दम्पती एवं जेलमा रहेका कैदीका लागि एचआइभी रोकथाम कार्यक्रम तथा सङ्क्रमित र प्रभावितका लागि उपचार, हेरचाह तथा सहयोग कार्यक्रम सञ्चालन भइरहेको छ ।

सोही योजनाअनुसार नेपालमा सन २०३० सम्ममा एड्स तथा एचआइभीलाई अन्त्य गर्ने रणनीति रहेको छ । अहिले अनुमानित एचआइभी सङ्क्रमिमध्ये ९५ प्रतिशतको पहिचान गर्ने, ९५ प्रतिशतको उपचार गर्ने र ९५ प्रतिशतको शरीरमा भाइरसको भार न्यून गर्ने योजना सरकारको रहेको छ ।

एचआइभी सङ्क्रमितमध्ये ९४ प्रतिशतको पहिचान, ८७ प्रतिशतको उपचार र ७४ प्रतिशतको शरीरमा भाइरसको भार न्यून भइसकेको केन्द्रको तथ्याङ्कमा उल्लेख छ । केन्द्रका अनुसार हाल ६१ जिल्लाका ८४ एआरटी सेन्टरबाट एन्टिरेट्रोभाइरल उपचार निःशुल्क उपलब्ध रहेको छ । देशका सबै जिल्लामा आमाबाट बच्चामा हुने सङ्क्रमण रोकथाम गर्न समुदायमा आधारित कार्यक्रम सञ्चालन भइरहेको छ  ।

(शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले खबरहबका लागि पवन मुडभरीसँग गरेको कुराकानीमा आधारित )

तस्बीरहरु : रासस 

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ७ : ५० बजे

हात्तीबाट जोगाउन ‘एक घर, एक बत्ती अभियान’

बनियानी – झापाको हात्ती प्रभावित क्षेत्रमध्ये एक बिर्तामोड नगरपालिका–७ मा

लुम्बिनीले गुमायो दुवै ओपनर

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गतको विराटनर किङ्ग्स विरुद्धको खेलमा लुम्बिनीले

सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको उत्पादन सुरु

फुङ्लिङ – स्नो रिभर्स लिमिटेडले निर्माण गरेको १३ दशमलव पाँच

योजना आयोगको दुरुपयोग : बैठक राख्दै, बहुवर्षीय ठेक्का सहमति दिँदै

काठमाडौं – सरकारले गत वर्षदेखि नै सरकारी आयोजनामा काम गरेका

चितवनमा रविको बयान जारी रहँदा सहकारी पीडितको प्रदर्शन

काठमाडौं – सहकारी रकम दुरुपयोग प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको