कालिकोटको तिलागुफामा माओवादीले जितेको वडा नेमकिपाले खोस्यो « Khabarhub

कालिकोटको तिलागुफामा माओवादीले जितेको वडा नेमकिपाले खोस्यो


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कालिकोटको तिलागुफा नगरपालिका- ४ को वडाध्यक्षमा नेपाल मजदुर किसान पार्टीका खड्कराज शाही विजयी भएका छन् ।

उनी २०७४ को निर्वाचनमा पनि वडाध्यक्षमा विजयी भएका थिए । शाही नेमकिपा कालिकोट जिल्ला कमिटी अध्यक्ष पनि हुन् ।

नगर उपप्रमुख महेन्द्र बहादुर शाही अनुसार शाहीले १४३ मत ल्याएर जित पक्का गर्दा माओवादी उम्मेदवार नैशोभा शाहीले ११५ मत ल्याउँदै पराजित भएकी छन् ।

२०७९ मा एमाले र कांग्रेससँग गठबन्धन गरेर उठेका माओवादीका परबहादुर शाही विजयी भएका थिए । उनी मलामी गएका बेला २०७९ असोज २३ गतेको पहिरोले पुरेर बेपत्ता भएका थिए ।

यहाँ एमालेका ऐनबहादुर शाहीले ७८ मत ल्याएका छन्  । नेपाली कांग्रेसका पैलनबहादुर शाही ४९ मत मात्र ल्याउँदै चौथो भएका छन् ।

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गगन बम र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले समान १५/१५ मत ल्याएका छन् । यी दुवै उम्मेदवारको जमानत जफ भएको छ । यहाँको उपनिर्वाचनमा ४ मत बदर भएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ८ : १९ बजे

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीको शपथ आज

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित

डलर घट्दा युरोको भाउ बढ्यो : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल चैत ११ गते बुधबार चैत शुक्ल

आज २०८२ साल चैत ११ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ११ गते बुधबार चैत

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु