भारतमा निर्मित पिनाका क्षेप्यास्त्र किन्न भियतनामको चासो « Khabarhub

भारतमा निर्मित पिनाका क्षेप्यास्त्र किन्न भियतनामको चासो


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भियतनामले भारतीय पिनाका क्षेप्यास्त्र खरिदमा चासो देखाएको छ । भियतनामी सेनामा तैनाथ रहेका बीएम २१ र बीएम १४ क्षेप्यास्त्र पुरानो हुँदै गइरहेको अवस्थामा त्यसलाई प्रतिस्थापन गर्न भियतनामले पिनाका क्षेप्यास्त्र खरिदमा चासो देखाएको हो ।

यसबारे भारतीय र भियतनामी अधिकारीबीच वार्ता भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । दुबै मुलुकले हतियार खरिदबिक्री सम्झौतालाई महत्व दिएको भएपनि यो वार्ता अझै प्रारम्भीक चरणमै रहेको जनाइएको छ ।

यो वार्ता सकारात्मक दिशामा अघि बढेको खण्डमा केही महिनामा नै दुई मुलुकबीच रक्षा सम्झौता हुनसक्ने सम्भावना रहेको रक्षा पोर्टल डिफेन्स इण्डियाले जनाएको छ ।

भारतको रक्षा शोध तथा विकास संस्था डिआरडीओले विकास गरेको पिनाका क्षेप्यास्त्र प्रणालीमा सोभियत संघमा विकसित बीएम क्षेप्यास्त्रभन्दा अत्याधुनिक प्रविधिको प्रयोग गरिएको छ ।

पिनाका क्षेप्यास्त्रमा निश्चित लक्ष्यमा सटिक मार हान्नसक्ने क्षमता रहेको छ । आधुनिक युद्धकार्यमा यस्तो क्षमतालाई निकै महत्वपूर्ण मानिन्छ ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ११ : १३ बजे

चिसोमा चटाइ र घूरको भर

महोत्तरी– बाक्लो हुस्सुले डम्म ढाकेर निरन्तर पश्चिमी सिरेटो बहँदा बढेको

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा

शीतलहरले दाउन्ने क्षेत्रमा राजमार्ग अवरुद्ध (तस्बिरहरू)

चितवन– शीतलहरका कारण नारायणगढ–बुटवल सडकखण्ड अन्तर्गतको दाउन्ने क्षेत्रमा राजमार्ग अवरुद्ध

बादललाई गोकुलको सुझाव : रुख–सूर्य मिलेपछि समानुपातिक छाडेर चुनाव लडे भो त

काठमाडौं– नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले पार्टी उपाध्यक्ष रामबहादुर

आपसी मतभिन्नता र व्यक्तिगत महत्वकांक्षा समाप्त गर्नु जरुरी : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आपसी मतभिन्नता र