सन् २०३० सम्म ७४ प्रतिशत भारतीय मोबाइल प्रयोगकर्ता ५जीको पहुँचमा « Khabarhub

सन् २०३० सम्म ७४ प्रतिशत भारतीय मोबाइल प्रयोगकर्ता ५जीको पहुँचमा


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तीव्र गतिमा आर्थिक विकास गरिरहेको भारतमा हाल प्रविधि क्षेत्रको विकास पनि तीव्र गतिमा भइरहेको छ । अहिले भारतले पाचौँ पुस्ताको ५जी टेलिकम प्रविधिको विकासमा काम गरिरहेको छ ।

हालै सार्वजनिक एक प्रतिवेदनमा सन् २०३० सम्ममा भारतमा ५जी प्रयोगकर्ताको सङ्ख्या ९७ करोड पुग्ने प्रतिवेदन सार्वजनिक भएको छ । एरिक्सन मोबिलिटी रिपोर्टका अनुसार सन् २०३० सम्म भारतका कुल मोबाइल प्रयोगकर्तामध्ये ७४ प्रतिशत प्रयोगकर्ताले ५जी प्रविधिको प्रयोग गर्नेछन् ।

प्रतिवेदनका अनुसार यस वर्षको अन्त्यसम्म भारतका २७ करोड प्रयोकर्ताले ५जी प्रयोग गर्ने अपेक्षा छ । हाल भारतका ५४ प्रतिशत अर्थात् ६४ करोड जनसङ्ख्याले ४जी प्रविधि प्रयोग गरिरहेका छन् । यो सङ्ख्या सन् २०३० सम्म २४ करोडमा झर्ने अपेक्षा गरिएको छ ।

भारतमा सन् २०२२ मा ५जी प्रविधिको शुरुवात गरिएको थियो । सन् २०२२ अक्टोबर १ का दिन प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा पहिलो पटक ५जी प्रविधिको शुभारम्भ गरेका थिए ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ६ : १३ बजे

ट्रम्पको दोस्रो कार्यकालमा पहिलोपटक भिटो

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस हप्ता पानी पाइपलाइन र

प्रतिनिधिसभा निर्वाचन : कालीकोटमा तयारी तीव्र

मान्म– कालीकोटमा एक हजार ७७२ नयाँ मतदाता थप भएका छन्

राप्रपा र राप्रपा नेपालबीच एकता घोषणासभा (तस्बिरहरू)

काठमाडौं– राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा

आयोगकै कमजोरीले फैलियो नेताहरुमाथि कालोसूचीको हल्ला 

केही दिनदेखि सञ्चार माध्यममा २०७९ सालमा निर्वाचन लडेका हजार बढी

नवौँ एनभीए भलिबल च्याम्पियनसिप: महिलातर्फ एभरेष्ट क्लबको चुली युवा क्लबमाथि जित

काठमाडौं– नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फको खेलमा