आज २०८० साल पुस १७ गते मंगलबारको राशिफल | Khabarhub Khabarhub

आज २०८० साल पुस १७ गते मंगलबारको राशिफल


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


11k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल पुस १७ गते मंगलबार तदनुसार सन् २०२४ जनवरी २ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश :

मेष : दिन राम्रो छ। वैदेशिक रोजगारीमा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा राम्रो प्रगति हुनेछ। मनमा शान्ति र उमंग छाउने छ। पारिवारको साथ र सहयोग मिल्नेछ।

वृष : दिन सामान्य छ। भोलि भनेर काम रोक्नु घाटा हुनेछ। परिवारबाट साथ र सहयोग मिल्नेछ। अन्य सबै क्षेत्र सामान्य छ।

मिथुन : दिन राम्रो छ। काममा सफलता प्राप्त हुन्छ। छिटो बोल्दा पश्चाताप गर्नुपर्ने भएकाले सोचेर बोल्नुहोला। वैदेशिक लगानीबाट फाइदा हुनेछ। परिवारबाट साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर हुनेछ।

कर्कट : पिपलको रुखको दर्शन गरेर कामको सुरुवात गरेमा प्रगति हुनेछ। शिक्षामा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। परिवार र प्रेम सम्बन्धमा खटपटी हुनसक्छ।

सिंह : दिन राम्रो छ। तपाईंका योजनामा कुनै अवरोध हुने छैन। प्रतिस्पर्धी कमजोर हुनेछन्। नयाँ योजना बोकेका साथीसँग भेट भएमा सुखमय दिन हुनेछ। परिवारिक मनमुटा भने हुनसक्छ।

कन्या : आफ्नो काम आफै गर्नुपर्ने हुन्छ। अर्काको भर पर्नुभयो भने समस्याको सुरुवात हुनसक्छ। नसोचेका मान्छेको साथ र सहयोग प्राप्त हुनसक्छ। पारिवारिक सम्बन्ध राम्रो छ।

तुला : दिन राम्रो छ। सोचेको काम बन्नेछ। सबै क्षेत्रमा बनाएका योजना सफल हुनेछन्। अचानक शुभ खबर सुनेर उत्साह प्राप्त हुनसक्छ। यो खबरले परिवारमा खुशी मिल्नेछ।

वृश्चिक : समय सामान्य छ। आफूले गरेको कामको जस अरुले लिएर अपजस तपाईंमाथि आइलाग्न सक्छ। वैदेशिक क्षेत्रको लगानीमा फाइदा हुनेछ। पारिवारिक सम्बन्धमा राम्रो परिणाम प्राप्त हुनेछ।

धनु : आज गरेका काम सफल हुनेछन्। आर्थिक क्षेत्र सबल हुनेछ। राजनीति क्षेत्रमा असफल हुन सकिन्छ। अप्ठेरो परिस्थितिमा परिवारको साथ प्राप्त हुनेछ।

मकर : बन्धुबाट सहयोग हुनेछ। शिक्षा र स्वास्थ्य क्षेत्र सामान्य छन्। पुरानो लगानी उठ्ने सम्भावना रहेको छ।

कुम्भ : स्वयम्सेवक बन्नुपर्ने छ। गाडी, मेसिन, हतियार र कुकुरसँग सचेत हुनुपर्ने देखिन्छ। पिपलको दर्शन गरेमा सबै काम बन्ने योग रहेको छ।

मीन : दिन राम्रो छ। वैदेशिक क्षेत्रबाहेक सबै क्षेत्रमा अवरोध हुनेछैन। व्यापारमा फाइदा हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुन्छ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुन्छ। परिवारबाट साथ र सहयोग मिल्नेछ। प्रेममा सफलता प्राप्त होला।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ५ : ०९ बजे

चोरीका स्कुटर प्रयोग गरी चोरी र लुटपाट, छ जना पक्राउ

काठमाडौं – काठमाडौं जिल्लाका विभिन्न स्थानबाट चोरिएका स्कुटर प्रयोग गरी

मन्त्री पालको सचिवालयले भन्यो : खगेन्द्रको स्टाटस कपोकल्पित हो

काठमाडाैं – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र बहादुर पालविरुद्ध

गाजामा इजरायली आक्रमण ‘असहनीय’ : रेडक्रस

जेनेभा – गाजामा इजरायलले गाजा शहरमाथि विजय हासिल गर्ने र

सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँः प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गै नेपाललाई समृद्ध बनाउन

रास्वपा र उपसभामुख रानामाथि योगेशका प्रश्नै प्रश्न

काठमाडौं – सत्तारूढ एमालेका सांसद योगेश भट्टराईले उपसभामुख इन्दिरा रानामगर