बालकुमारी घटनामा ज्यान गुमाउनेका परिवार र सरकारको सहमतिमा के छ ? « Khabarhub

बालकुमारी घटनामा ज्यान गुमाउनेका परिवार र सरकारको सहमतिमा के छ ?


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनका क्रममा मृत्यु भएका अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतको परिवारसँग सहमति गरेको छ।

मृतकका परिवारले र सरकारसँग चार बुँदे सहमति गरेका हुन्। गृह मन्त्रालयमा गृहमन्त्रीको उपस्थितिमा भएको छलफलमाचार बुँदे सहमति भएसँगै शव उठाउन पीडित परिवार सहमत भएका छन्।

चार बुँदे सहमतिको पहिलो बुँदामा मृतकका परिवारका सदस्यसँगको सल्लाहमा परिवारका १–१ जनालाई उपयुक्त खालको रोजगारी यथाशीघ्र उपलब्ध गराउने उल्लेख छ।

यस्तै सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउनका लागि यथाशीघ्र आवश्यक सहजीकरण गर्ने दोस्रो बुँदामा उल्लेख छ।

मृतक वीरेन्द्र शाह र सुजन राउतलाई शहीद घोषणाका लागि आवश्यक कारबाहीका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यथाशीघ्र अनुरोध गर्ने सहमतिको तेस्रो बुँदामा उल्लेख छ भने चौथो बुँदामा मृतकका परिवारले आजै शव बुझिलिने सहमति भएको छ।

मृतकको पार्थिव शरीरलाई सम्बन्धित जिल्लामा पुर्याउने प्रबन्ध गृह मन्त्रालयले मिलाउने सहमतिपत्रमा उल्लेख छ। पुस १३ गते बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतको मृत्यु भएको थियो।

सो घटनाको छानबिनका लागि सरकारले उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरिसकेको छ भने मृतकका परिवारका सदस्यलाई प्रति परिवार दश लाख रकम उपलब्ध गराउने निर्णय पनि गरिसकेको छ।

बालकुमारी घटनामा मृत्यु भएका दुई जनालाई सरकारले सहिद घोषणा गर्ने

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ५ : ३८ बजे

कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छ : शेखर कोइराला

विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस

रावल आयोगकाे प्रतिवेदन कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो ८ सदस्यीय समिति

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

सिंहदरबारकै क्यान्टिनमा घुन लागेको दाल र सडेका अन्डा, २ लाख बढी जरिबाना

काठमाडौं – देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र सञ्चालित क्यान्टिनमै गुणस्तरहीन

रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति

काठमाडौं – ​भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ

सिरहा – सिरहा प्रहरीले आठ ग्राम ८० मिलीग्राम अवैध लागुऔषध