‘बाल क्यान्सरको उपचारमा जनशक्तिको अभाव छ’ | Khabarhub Khabarhub

‘बाल क्यान्सरको उपचारमा जनशक्तिको अभाव छ’


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भनिन्छ, क्यान्सरजस्तो रोग रक्सी, चुरोट खाएर लाग्ने गर्छ। तर, बालबालिका क्यान्सरबाट पीडित हुने गरेका छन्। आखिर के कारणले हुन्छ बालबालिकामा क्यान्सर ? अनि बालकालिकामा लाग्ने क्यान्सरको उपचार कत्तिको जटिल छ ? यसबारे आम मानिसमा चासो जाग्नु स्वभाविकै छ।

क्यान्सर भन्नासाथ सामान्य मानिसमा एकप्रकारको भय र चिडचिडाहट हुन्छ। महँगो उपचार पद्दतिका कारण पनि आममानिसमा यस्तो धारणा बनेको छ। तर बच्चामा जन्मजातै पनि क्यान्सर हुन सक्छ भन्ने तथ्यांकले देखाएको छ।

नेपालमा करिब १५ सय बालबालिका क्यान्सर रोगबाट पीडित रहेको अनुमान गरिएको छ। यीमध्ये करिब पाँचदेखि सातस सय बालबालिका उपचारको पहुँच बाहिर रहेको अनुमान छ। यस क्षेत्रका विज्ञ चिकित्सकका अनुसार नेपालमा बाल क्यान्सर रोगको उपचार गर्ने दक्ष जनशक्तिको अभाव छ। अर्कोतर्फ समयमै उपचार नगर्ने समस्या पनि बढ्दो छ। बालबालिकामा हुने क्यान्सर कति जोखिमपूर्ण हो ? क्यान्सर भएका बालबालिकाको उपचार अवधि कति हुन्छ ? बाल क्यान्सर रोग विशेषज्ञ डा. कृष्णसागर पौडेलसँग गरिएको कुराकानी :

बालबालिकामा हुने क्यान्सरलाई कसरी बुझ्ने ?
क्यान्सर भनेपछि ठूलो मान्छेलाई मात्रै हुन्छ भन्ने जुन बुझाइ छ, त्यस्तो होइन। बच्चामा जन्मजातै पनि क्यान्सर हुनसक्छ। बच्चा जन्मेदेखि २०-२१ वर्षको उमेरसम्म देखिने क्यान्सरलाई बाल क्यान्सर भनेर बुझिन्छ। बालबालिकामा लाग्ने क्यान्सरको प्रकृति भने वयस्कमा जस्तो हुँदैन।

बालबालिकामा ब्लड, ब्रेन, आँखा, कलेजो, मिर्गौला, अण्डकोष, बोन, छाला, नसा, नरम मासुसहित १२ किसिमका क्यान्सर हुन्छन्।

त्यसो भए बालबालिकामा हुने कस्तो क्यान्सर हो ?
बालबालिकामा मुख्यतया १२ किसिमका क्यान्सर देखिने गर्छ। जस्तै- ब्लड क्यान्सर, दोस्रो ब्ल्याङ् कक्यान्सर, ब्रेन ट्युमर, आँखाको क्यान्सर, कलेजोको क्यान्सर, मिर्गौलामा हुने क्यान्सर, अण्डकोषको क्यान्सर, हड्डीमा हुने क्यान्सर, नरम मासुको क्यान्सर, छालाको क्यान्सर, नसामा लाग्ने क्यान्सर। यी क्यान्सर बच्चा जन्मेदेखि ५ वर्षसम्म देखिन सक्छ। यीमध्ये कुनै क्यान्सर उमेर बढ्दै जाँदा देखिने र कतिपय उमेरसँगै घट्ने पनि हुन्छ।

बालबालिकामा हुने क्यान्सरका लक्षण कस्ता हुन्छन् ?
धेरै प्रकारका क्यान्सरमध्ये ब्लड क्यान्सर भएमा ज्वरो आउने, लामो समयसम्म औषधि खाँदा पनि निको नहुने, रगतको मात्रा घट्ने, बच्चा पहेँलो हुने, शरीरमा निलडाम वा दिसा पिसाबमा रगत देखियो भने ब्लड क्यान्सर भएको हो कि भनेर शंका गर्न सकिन्छ।

त्यस्तै ब्रेन ट्युमरमा बच्चा बेहोस हुने, सामान्य बच्चाभन्दा उसको मस्तिष्कको विकास अलि ढिलो हुने, आँखा, मुख बाङ्गो बनाउने लगायतका लक्षण देखिन सक्छन्। त्यस्तै, जुन अंगमा क्यान्सर भएको हो, त्यो अंग सामान्य अवस्थाको बच्चाको भन्दा केही फरक देखियो भने क्यान्सर भएको भनेर शंका गर्नुपर्छ।

क्यान्सर भएका बालबालिकाको उपचार अवधि कति हुन्छ ?
नेपालमा बाल क्यान्सरको उपचारका लागि जनशक्तिको अभाव छ। औषधी बाहिरबाट ल्याउनुपर्छ। बिरामीहरु समयमा अस्पताल पुग्दैनन्। त्यसैले सबैभन्दा पहिले त बिरामीहरु समयमा अस्पताल आउनुप-यो, कुन क्यान्सर हो पत्ता लगाउनुपर्यो। यो सबै प्रक्रिया यथा समयमा पूरा गर्न सकियो भने धेरै प्रकारका बाल क्यान्सर निको पार्न सकिन्छ।

उपलब्ध आँकडाअनुसार नेपालमा क्यान्सर भएका सबै बालबालिका उपचारको पहुँचमा आउन सकेका छैनन्। के छ वास्तविक अवस्था ?
नेपालको जनसंख्याको हिसाबले र विश्वको क्यान्सर लाग्ने दर हेर्दा प्रत्येक १० लाख बालबालिकामा सयदेखि डेढ सयको हाराहारीमा बाल क्यान्सर देखिने गर्छ। त्यसो हुँदा यहाँ १३ देखि १५ सयको हाराहारीमा बच्चालाई क्यान्सर लाग्नसक्छ भन्ने एउटा प्रारम्भिक अध्ययन छ।

समग्रमा हेर्ने हो भने नेपालका विभिन्न अस्पताल, जहाँ पछिल्लो केही समयदेखि उपचार भइरहेको तथ्याङ्क विश्लेषण गर्ने हो भने ७-८ सयको हाराहारीमा बच्चा उपचारको पहुँचमा रहेको देखिन्छ। त्यो हिसाबले अझै अधिकतम सात सय बालबालिका उपचारको पहुँच बाहिर रहेको अनुमान गर्न सकिन्छ।

अभिभावक सचेत हुनुपर्यो। सरकारले उपचारमा सहजीकरणको व्यवस्था मिलाइदिनुप-यो। उपचार गर्न नसक्ने परिवारलाई पूर्ण निःशुल्क उपचार सेवा दिनुप-यो।

सबै बालबालिकालाई उपचारको पहुँचमा ल्याउन सरकार र सरोकारवालाले तत्काल गर्नुपर्ने काम के-के हुन् ?
सबैभन्दा पहिले त अभिभावक सचेत हुनुपर्यो। बालबालिकाले आफ्नो समस्या अभिव्यक्त गर्न सक्दैनन्। अभिभावकले नै उनीहरुको समस्या बुझेर उपचारको पहुँचसम्म पुर्‍याउनुप-यो। स्थानीय, प्रदेश हुँदै संघीय सरकारले बालबालिकामा लाग्ने गम्भीर रोग उपचारमा सहजीकरणको व्यवस्था मिलाइदिनुप-यो। उपचार गर्न नसक्ने परिवारलाई आफ्नो दायित्वभित्र राखेर राज्यले नै पूर्ण निःशुल्क उपचार सेवा दिन सकेको खण्डमा सबै बालबालिकालाई उपचारको पहुँचमा ल्याउन सकिन्छ।

विकसित देशमा बालबालिकालाई मुख्य प्राथमिकतामा राखेर स्वास्थ्य सेवा दिइन्छ। यहाँ पनि केही हदसम्म त सरकारले सेवा दिएको छ। तर, पर्याप्त छैन।

क्यान्सर लाग्नै नदिन के गर्नुपर्ला ?
बालबालिकामा ठूलो मान्छेजस्तै रक्सी, चुरोट खाएर क्यान्सर हुने भन्ने होइन। बाल क्यान्सर वंशाणुगत हुने भएकाले यसको रोकथाम जटिल छ। रोकथाम भनेकै जतिसक्दो चाँडो रोगको शंका गर्ने, रोग पत्ता लगाउने र छिटो उपचार गर्न सकियो भने निको पार्न सकिन्छ।

अहिले सामान्य मानिएको बाल टीबीको औषधि १ वर्ष खानुपर्छ भने धेरैजसो ब्लड क्यान्सरका बिरामीहरुको पनि निदान खोज्न सकिन्छ। यो त टीबी भन्दा पनि सजिलै उपचार गर्न सकिन्छ। त्यसैले, बच्चामा लगातार ज्वरो आउने, सामान्य बच्चाभन्दा अलि फरक लक्षण देखिए भने तत्काल उपचारको पहुँचमा पुर्‍याउनुपर्छ।

बाल क्यान्सर रोग विशेषज्ञ डा. कृष्णसागर पौडेलसँगको कुराकानी :

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ७ : १३ बजे

संसारभर मृत्युको कारण बन्दै क्यान्सर

दुःखका साथ भन्नुपर्ने हुन्छ कि अबका केही वर्षमा संसारमा सबै

तेस्रो लगानी सम्मेलन आजदेखि, १५० परियोजना प्रस्तुत गरिने

काठमाडौं– तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौंमा शुरु हुँदैछ । सम्मेलनको

सात जिल्लामा आजदेखि हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइने

काठमाडौँ– सरकारले आजदेखि सात वटा जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउँदै

हमासले गर्यो दुई बन्दी जीवित रहेको भिडियो सार्वजनिक

जेरुसेलम – थप दुई बन्दीहरू जीवित रहेको प्रमाण स्वरूप हमासले

इलाम–२ को मतगणना आज, सर्वदलीय बैठक बस्दै

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा हिजो भएको उपनिर्वाचनको मतगणना