प्रजातन्त्रसँग साटिएको बङ्गलादेशको आर्थिक उत्थान | Khabarhub Khabarhub

प्रजातन्त्रसँग साटिएको बङ्गलादेशको आर्थिक उत्थान


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

बङ्गलादेशमा ७ जनवरीमा निर्वाचन हुँदै छ। अहिले नै निर्वाचनको परिणाम अपेक्षा गर्न सहज हुने भएको छ। मुख्य प्रतिस्पर्धी दलका धेरै नेता अहिले जेलमा छन्। सो दलले निर्वाचन बहिस्कार गर्ने निर्णयसँगै आवामी लिग लगातार चौथो पटक सत्तासीन हुने लगभग पक्का छ।

मुख्य प्रतिपक्षी दल बङ्गलादेश राष्ट्रवादी पार्टी र सो पार्टीका सहयोगीलाई निर्वाचन निष्पक्ष हुने कुरामा कुनै विश्वास नै छैन। उनीहरूले प्रधानमन्त्री सेख हसिना बाजेदप्रति पूर्ण अनविश्वास व्यक्त गरेका छन्।

उनीहरूले बाजेदले राजीनामा गर्दै तटस्थ अन्तरिम सरकारले निर्वाचन गराउनु पर्ने माग गरेका छन्। बाजेदले सो प्रस्ताव अस्वीकार गरेसँगै निर्वाचन आवामी लिग, उसका सहयोगी र अन्य स्वतन्त्र उम्मेदवारका बिचमा हुने छ।

संसारकै गरिब देश मध्येको एकको रूपमा रहेको बङ्गलादेशले सन् २००९ मा बाजेदको नेतृत्व पाए यता आर्थिक उपलब्धि गरिरहेको छ।

‘बङ्गलादेशमा प्रजातन्त्रको हत्या भइसकेको छ। हामी जनवरीमा बङ्गलादेशमा अवैध निर्वाचन देख्दै छौं’, बीएनीका वरिष्ठ नेता अब्दुल मोयन खनाले भनेका छन्। गएका वर्षमा सेख हसिनाले तानाशाही शासन चलाइ रहेको बताउने उनी किन अन्तर्राष्ट्रिय समुदाय मौन भएको भन्ने कुरामा आश्चर्य चकित छन्। सरकारले भन प्रजातन्त्रको पक्षमा सरकार रही रहेको जनाएको छ।

‘निर्वाचन भनेको सरकारमा धेरैको उपस्थिति हो। त्यहाँ बीएनपी बाहेक अन्य धेरै दलले निर्वाचनमा सहभागिता जनाइ रहेका छन्, ’ कानुन मन्त्री अनीश हकले भने।

संसारकै गरिब देश मध्येको एकको रूपमा रहेको बङ्गलादेशले सन् २००९ मा बाजेदको नेतृत्व पाए यता आर्थिक उपलब्धि गरिरहेको छ। त्यस क्षेत्रमै सबै भन्दा तेज गतिमा आर्थिक वृद्धि गरिहेको बङ्गलादेशले छिमेकी भारतलाई पनि पछि छाड्ने सम्भावना देखाएको छ। यसको प्रतिव्यक्ति आय र विश्व बैङ्कको तथ्यांक अनुसार गएको २० वर्षमा २५ लाख जना गरिबीको रेखाबाट माथि निक्लिए।

सेख हसिनाको शासन कालमा प्रजातन्त्र र मानव अधिकारको मूल्यमा आर्थिक उपलब्धि साटिएको धेरैको मत छ।

आफ्नै श्रोत, ऋण र दातृ राष्ट्रको सहयोगमा बङ्गलादेशले धेरै ठुला परियोजना तयार पारेको छ। यसमा गङ्गामा तयार पारिएको पदमा पुल पनि हो। यसले मात्र कुल गार्हस्थ्य उत्पादनमा एक दशमलव २३ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ।

यो आर्थिक उपलब्धि मानवता र प्रजातन्त्रको मूल्यमा साटिएको अनुमान गरिएको छ। सेख हसिनाको शासन कालमा प्रजातन्त्र र मानव अधिकारको मूल्यमा आर्थिक उपलब्धि साटिएको धेरैको मत छ। उनका विपक्षीहरूले सबै राजनीतिक मापकको आधारमा उनको शासन काल प्रजातन्त्रको मूल्य र मान्यता नास भएको बताएका छन्।

गएको अगस्ट महिनामा पूर्व अमेरिकी राष्ट्रपति वाराक अ‍ेबामा र रिचर्ड समूहमा संस्थापक रिचर्ड ब्रान्सन सहित एक सय ७० जनाले बाजेदलाई नोबेल पुरस्कार विजेता साहित्यकार मोहम्मद युनिस माथिको ज्यादतीलाई रोक्न पत्राचार गरेका थिए।

अन्तर्राष्ट्रिय मानव अधिकार आयोगका अनुसार वाजेदको कार्यकालमा राजनीतिक पूर्वाग्रहको आधारमा धेरैलाई बन्दी बनाउनु, बेपत्ता पारिनु र हत्या गर्नु सामान्य देखिएको छ ।

धेरै बीएनपी नेता तथा समर्थक सरकारको विरुद्धमा प्रदर्शन गरे बापत यो महिना गिरफ्तार भएका छन्। सोही समयमा गिरफ्तार भएका वरिष्ठ नेता खानले आफूसहित २० हजार जना गिरफ्तार भएको जनाएका छन्। धेरै जनामाथि झुटा मुद्दा लगाइने प्रचलन पनि बङ्गलादेशमा चलेको छ। यो प्रचलन बीएनपीका कार्यकर्ता तथा नेतामाथि बढी नै छ।

धेरै जना बीएनपीका नेता अझै पनि हिरासतमा छन्। सन् २००१ देखि सन् २०१४ को बिचमा निर्वाचनमा हिंसा भड्काएको आरोपमा उनीहरू हिरासतमा परेका हुन्। अन्तर्राष्ट्रिय मानव अधिकार आयोगका अनुसार वाजेदको कार्यकालमा राजनीतिक पूर्वाग्रहको आधारमा बन्दी बनाइनुको साथै धेरैलाई बेपत्ता पारिनु, हत्या र अन्य आरोप सेख हसिनाको शासन कालमा सामान्य विषय हुन् ।

बहुदलीय प्रजातन्त्रका लागि लामो समय लडेकी नेताको यो अकल्पनीय परिवर्तन हो। सन् १९८० मा तत्कालीन जनरल हुसेन मोहम्मद इसार्दको शासनको विरुद्धमा उनी आफ्नो प्रतिद्वन्द्वी बेगम खालीदा जियासँग मिलेर सडकमा उत्रिएकी थिइन्।

सन् १९९६ मा पहिलो पटक जित हात पारेकी उनी सन् २००१ मा खालीदा जीयाको दलसँग हार खाएकी थिइन्। बेगम जिया भ्रष्टाचारको आरोपमा बन्दी भएपछि बीएनपीमा प्रभावकारी नेताको अभाव छ।

अहिले ज्यादती यसरी बढेको छ कि गत सेप्टेम्बरमा बीएनपीमा एक कार्यकर्ता अनाहकमा एक महिना जेलमा सडाइए। सइद मिया नामका ती युवा अहिले टेन्टमा पार्टीका अन्य तीन कार्यकर्तासहित बसिरहेका छन्। प्रदर्शनको क्रममा हिंसा भड्काएको आरोप उनीहरू सबैमा लागेको थियो।

बहुदलीय प्रजातन्त्रका लागि लामो समय लडेकी नेताको यो अकल्पनीय परिवर्तन हो। सन् १९८० मा तत्कालीन जनरल हुसेन मोहम्मदको शासनको विरुद्धमा उनी प्रतिद्वन्द्वी बेगम खालीदा जियासँग मिलेर सडकमा उत्रिएकी थिइन्।

मानव अधिकारवादी सङ्गठनले अहिले एउटै घटनामा फरक सजाय दिएर भेदभाव गरिरहेको आरोप लगाएको छ। संयुक्त राष्ट्र सङ्घको विशेष प्रतिनिधि मण्डलले पनि नोभेम्बर महिनामा नै पत्रकार, कानुन व्यवसायी र मानव अधिकारवादीमा समेत धरपकड गरिनुले त्यहाँको प्रजातन्त्र अन्त्यको बाटोमा गएको जनाएको थियो। कानुन मन्त्री हक भने सबै कुरा कानुन अनुसार चलेको बताउँछन्।

सन् २००९ यता विभिन्न बहानामा सुरक्षा निकायबाट मारिनेको सङ्ख्या पनि त्यत्तिकै छ। पछिल्लो समय अमेरिकाले पनि केही कुरामा बङ्गलादेशमाथि प्रतिबन्ध लगाएको छ।

अहिले युरोपले बङ्गलादेशमाथि खुला निर्यातको अवसर दिएको छ। चीनपछि बङ्गलादेश संसारको दोस्रो गार्मेन्ट उत्पादक कम्पनी हो। यसले गएको वर्ष ४५ अर्ब डलर बराबरको गार्मेन्ट निर्यात गरेको थियो।

बाजेदले आफू प्रजातन्त्रको पक्षधर रहेको नाटक गरिरहेकी छिन्। छिमेकी भारतले पनि बङ्गलादेशमा सडक विस्तार गर्ने चाहना राखेको छ। अन्य छिमेकी देशसँगको सम्बन्ध सुमधुर बनाउन माहिर बाजेदले आर्थिक उन्नति भने उठान गरेकी छिन्।
स्रोतः बीबीसी

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ९ : ०१ बजे

‘मिस पिंक २०२४’ सम्पन्न (तस्बिरहरु)

काठमाडौं – ‘मिस पिंक २०२४’ को उपाधिको ताज अनमोल राईले

सबै विपक्षी जुटाएर मोर्चा कस्ने कांग्रेसको रणनीति, को को सहभागी भए बैठकमा ?

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सबै विपक्षी दलहरूलाई जुटाएर सत्ता

घरबाट साङ्ला कसरी भगाउने ?

काठमाडौं– गर्मी बढेसँगै प्रायः भान्सामा साङ्ला सलबलाउन थाल्दछन् । कतिलाई

रास्वपासँग भएको सहमतिका यी ३ बुँदा, जसलाई कांग्रेसले अस्वीकार गरेको दाबी

काठमाडौं – सहकारी ठगी प्रकरणलाई लिएर एक महिनायता नेपाली कांग्रेसको

आगलागी पीडितलाई राहत वितरण

कञ्चनपुर- कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ जुडाकाका आगलागी पीडित जयदेव ठगुन्नासहित