चितवनको इच्छाकामनामा सुन्तला महोत्सव सुरु | Khabarhub Khabarhub

चितवनको इच्छाकामनामा सुन्तला महोत्सव सुरु


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको इच्छाकामनामा सुन्तला महोत्सव सुरु भएको छ । गाउँपालिकाको आयोजनामा सोमबारदेखि  महोत्सव सुरु भएको हो ।

महोत्सवको  कृषि तथा पशुपक्षी विकासमन्त्री बेदुराम  भुसालले उद्घाटन गर्दै मन्त्री भुसालले किसानलाई उत्पादन बढाउन आग्रह गरे ।

उनले बजारीकरणका लागि  सरकारले सहयोग गर्ने नीति लिएको बताए । नेपालमा उत्पादन भएको सुन्तला चीनमा बिक्री गर्ने योजना रहेको  मन्त्री भुसालले जानकारी दिए । उनले भने, ‘बिक्रीको चिन्ता नगर्नुहोस् हामीले चीनसँग सम्झौता गरेका छौँ, यो वर्ष निर्यात गर्न नसकिएला, अर्को सिजनमा पठाउन सक्छौँ ।’

महोत्सवको अवसरमा सुन्तला खाने प्रतियोगिता, बोटमै पाहुनाले आफैँ टिप्न पाउने, सुन्तला किसानलाई विभिन्न सामग्री वितरण गर्ने, दक्ष कृषि प्राविधिकद्वारा रोगव्यादी सम्बन्धी तालिम दिने काम पनि  हुने गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताए ।

किसनालाई सुन्तलाखेतीमा लाग्न प्रोत्साहन गर्न तथा  बजारीकरणमा सहयोग पुर्‍याउन सुन्तला महोत्सव आयोजना गरिएको अध्यक्ष गुरुङले बताए ।

गाउँपालिकाको आयोजनामा वडा नं ३ स्थित तोक्दाङ, ढाप, माझगाउँ, सिरानगाउँ, डोडेलगायत समेटेर माझगाउँमा सुन्तला महोत्सव भएको हो । महोत्सव भोलिसम्म जारी रहने छ ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ८ : ४९ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः