आज तरकारी तथा फलफूलको मूल्य कति छ ? « Khabarhub

आज तरकारी तथा फलफूलको मूल्य कति छ ?


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार आज नेपाली ठूलो गोलभेडा प्रतिकेजी ४० रुपैयाँ, लोकल सानो गोलभेडा १२, अदुवा १४०, रातो आलु ३५, सेतो आलु २६ रुपैयाँमा किनबेच भइरहेको छ । यस्तै, स्थानीय काउली २० रुपैयाँ, कागती १२० रुपैयाँ, सुकेको खुर्सानी ४८० रुपैयाँ, हरियो खुर्सानी ९० रुपैयाँ, अकबरे हरियो खुर्सानी ४०० रुपैयाँ मूल्य तोकिएको छ ।

ब्रोकाउली प्रतिकेजी ४० रुपैयाँ, चाइनिज सुकेको लसुन २५० रुपैयाँ छ भने हरियो लसुन १२० र हरियो धनियाँ १०० रुपैयाँमा पाइने समितले जनाएको छ ।

यसैगरी, लोकल गाँजरको न्यूनतम मूल्य प्रतिकेजी ४० रुपैयाँ, लोकल गाँजर ४० रुपैयाँ, लोकल सेतो मूला १२ रुपैयाँ, रातो मूला १५ रुपैयाँ लोकल घिउ सिमी ३० रुपैयाँ, हरियो फर्सी लाम्चो २५ रुपैयाँ, डल्लो हरियो फर्सी ३० रुपैयाँमा खरिदबिक्रि भइरहेको छ ।

यसैगरी, ताजा छडी माछा २४० रुपैयाँ र बचुवा माछा २६० रुपैयाँ प्रतिकेजी पाइन्छ भने रहु माछा ३६० रुपैयाँ, भारतीय सुकेको प्याज ७५ रुपैयाँ, चाइनिज प्याज ६० रुपैयाँ, पुदिना ३२० रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ केजी कायम गरिएको छ ।

यस्तै, हरियो अंगुर प्रतिकेजी २५० रुपैयाँ, कालो अंगुर ३२० रुपैयाँ, अनार ३०० रुपैयाँ किवी ३०० रुपैयाँ, एभोकाडो २५० रुपैयाँ, अमला ७० रुपैयाँ, अम्बा १०० रुपैयाँमा तथा सखरखण्ड ६० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ९ : ०४ बजे

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा