चिसो बढेसँगै कञ्चनजङ्घा क्षेत्रमा पर्यटक घटे « Khabarhub

चिसो बढेसँगै कञ्चनजङ्घा क्षेत्रमा पर्यटक घटे


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ- चिसो बढेसँगै विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमालको अवलोकन गर्ने पर्यटकको संख्यामा कमी आएको छ । केही साताअघिदेखि चिसो बढेपछि पर्यटक नआएका पर्यटन व्यवसायी पेमा शेर्पाले जानकारी दिए ।

विगतमा यस समयमा हिमपात हुन्थ्यो तर अहिले यस क्षेत्रमा हिमपात नभएको शेर्पाको भनाइ छ । पर्यटक नआएपछि यहाँका होटेल–लज पनि बन्द भएका छन् । होटेल सञ्चालक सदरमकाम फुङ्लिङ झरेका छन् ने केही काठमाडौँ पुगेका छन् ।

चियो याम सुरु हुनुअघिसम्म कञ्चनजंघा क्षेत्रमा पर्यटकको उल्लेखनीय आगमन भएको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का टासी तेन्जिङ शेर्पाले बताए ।

गत असोजदेखि पुससम्ममा विभिन्न देशका ७६० पर्यटक कञ्चनजंघा क्षेत्रको अवलोकनमा आएका थिए भने आन्तरिक पर्यटकको आगमन पनि उल्लेख्य रहेको थियो । शेर्पाले भने, ‘कोरोना महामारीपछि पहिलोपटक यो वर्ष आन्तरिक तथा बाह्य पर्यटक कञ्चजंघा क्षेत्रमा धेरै आएका छन् ।’

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ९ : १४ बजे

डिसेम्बरमा स्वदेश फर्किन हसिनाको दृढ

काठमाडौं- बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर महिनाभित्रै स्वदेश फर्कने

महानवमीमा सवारी साधनको पूजा

काठमाडौं- आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्वका अवसरमा सवारी

अमेजनले सन् २०२७ मा जर्मनीमा १६ अर्ब युरोभन्दा बढी लगानी गर्ने

बर्लिन- अमेरिकी प्रविधि कम्पनी अमेजनले सन् २०२७ मा जर्मनीमा १६

‘मिस वेलनेस वर्ल्ड २०२६’ का विजेता सन्वीलाई गृहनगरमा स्वागत

जनकपुरधाम- अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा ‘मिस वेलनेस वर्ल्ड २०२६’ की विजेता

विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा

लमजुङ- नेपाली समाजमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको विजयादशमी