माओवादी केन्द्रले आज पत्रकार सम्मेलन गर्दै, रुपान्तरण अभियानबारे जानकारी गराउने « Khabarhub

माओवादी केन्द्रले आज पत्रकार सम्मेलन गर्दै, रुपान्तरण अभियानबारे जानकारी गराउने


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रले आज पत्रकार सम्मेलन गर्ने भएको छ । माओवादीले भदौ १६ गतेदेखि सुरु गरेको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ का उपलब्धीबारे जानकारी गराउन आज दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिस डाँडामा पत्रकार सम्मेलन गर्न लागेको हो ।

माओवादीले पार्टीलाई रूपान्तरण गर्ने उद्देश्यले भदौ १६ गतेदेखि देशभरका ६ हजार ७३४ वडामा हिजोसम्म चार महिने अभियान सञ्चालन गरेको थियो ।

अभियानका क्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालसहित नेता कार्यकर्ता गाउँगाउँमा खटिएका थिए । चार महिनासम्म सञ्चालित उक्त अभियानको हिजो सात सय ५३ पालिकामा बृहत् जनपरिचालनसहित समापन गरिएको थियो ।

अभियानअन्तर्गत कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामबारे जानकारी गराउने लक्ष्य राखिएको थियो ।

अभियानको पहिलो चरणमा बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण र विस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र प्रचारसँग सम्बन्धित संयन्त्र तथा योजना निर्माण, विभिन्न तहका पार्टीका कार्यालय व्यवस्थापन, पार्टीभित्रका अन्तर्विरोधको पहिचान र समाधानको पहल, कार्यकर्ता व्यवस्थापनका लागि कोष स्थापना गरिएको थियो ।

दोस्रो चरणमा पाँचघन्टे अन्तरपार्टी स्कुल, विषयगत अन्तरक्रिया विषयगत तालिम, गोष्ठी, जनप्रशिक्षण, जनभेला, टोलटोलमा युवा भेला, स्थानीयस्तरका सरकारी तथा सामाजिक सङ्घ संस्थासँग अन्तरक्रिया तथा तेस्रो चरणमा जनप्रदर्शन, जनसङ्घर्ष, जनसेवासहित जनपरिचालनका कार्यक्रम सञ्चालन गरिएको माओवादीले जनाएको छ ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ९ : ४० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार