झापामा ग्याङ फाइट गर्ने चार पक्राउ « Khabarhub

झापामा ग्याङ फाइट गर्ने चार पक्राउ


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको बिर्तामोडमा ‘ग्याङ फाइट’ मा संलग्न रहेकामध्ये चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज बिहान बिर्तामोड-५ स्थित देवी मावि छेउमा झगडा र कुटपिटमा संलग्न चार जना पक्राउ परेका हुन ।

इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार पक्राउ पर्नेहरुमा भद्रपुर–२ का १९ वर्षीय आदित्य राई , भद्रपुर–१ बस्ने २६ वर्षीय संजोक लिम्बू , सोही ठाउँका १८ वर्षीय दिपेश पुन मगर र २२ वर्षीय रोहन लिम्बू रहेका छन् । 

कलेजको पोशाकमा रहेका आठजना युवाहरूबीच सुरुमा कनकाई कलेज उत्तर देवी माविको छेउमा झगडा सुरू भएको थियो, स्थानीय देवी माविका शिक्षकले गाली गरेपछि उनीहरूको झगडा त्यहाँ साम्य भए पनि पुनः झगडा सुरू भएको थियो ।

 सुरुमा इँटा प्रहरबाट सुरु भएको ग्याङ फाइटमा खुकुरी प्रयोग भएको सूचनालगत्तै पुगेको प्रहरीले घटनास्थलबाट युवाहरूलाई नियन्त्रणमा लिएको हो ।

 

 

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  १ : ३० बजे

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा