झापामा ग्याङ फाइट गर्ने चार पक्राउ « Khabarhub

झापामा ग्याङ फाइट गर्ने चार पक्राउ


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको बिर्तामोडमा ‘ग्याङ फाइट’ मा संलग्न रहेकामध्ये चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज बिहान बिर्तामोड-५ स्थित देवी मावि छेउमा झगडा र कुटपिटमा संलग्न चार जना पक्राउ परेका हुन ।

इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार पक्राउ पर्नेहरुमा भद्रपुर–२ का १९ वर्षीय आदित्य राई , भद्रपुर–१ बस्ने २६ वर्षीय संजोक लिम्बू , सोही ठाउँका १८ वर्षीय दिपेश पुन मगर र २२ वर्षीय रोहन लिम्बू रहेका छन् । 

कलेजको पोशाकमा रहेका आठजना युवाहरूबीच सुरुमा कनकाई कलेज उत्तर देवी माविको छेउमा झगडा सुरू भएको थियो, स्थानीय देवी माविका शिक्षकले गाली गरेपछि उनीहरूको झगडा त्यहाँ साम्य भए पनि पुनः झगडा सुरू भएको थियो ।

 सुरुमा इँटा प्रहरबाट सुरु भएको ग्याङ फाइटमा खुकुरी प्रयोग भएको सूचनालगत्तै पुगेको प्रहरीले घटनास्थलबाट युवाहरूलाई नियन्त्रणमा लिएको हो ।

 

 

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  १ : ३० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया