राष्ट्रियसभा अध्यक्ष कांग्रेसको भागमा, देउवाको मन सिटौलामाथि | Khabarhub Khabarhub

राष्ट्रियसभा अध्यक्ष कांग्रेसको भागमा, देउवाको मन सिटौलामाथि

कांग्रेसमा को-को निस्किए राष्ट्रियसभाका दाबेदार ?


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


897
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आगामी फागुन २१ देखि रिक्त हुने राष्ट्रियसभाको अध्यक्ष पद नेपाली कांग्रेसलाई दिन सत्ता गठबन्धनबीच सहमति जुटेको छ ।

माओवादीका एक पदाधिकारीले खबरहबलाई भने, ‘लिखित सहमति भएको छैन । तर मौखिक र आन्तरिक रुपमा ठूलो पार्टी भएकाले कांग्रेसलाई पर्नु स्वाभाविक हो ।’

आगामी फागुन २१ मा राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनासहित २० जनाको पदावधि सकिँदैछ । पदावधि सकिनेमा एमालेका ९, कांग्रेसका ४, माओवादी केन्द्र ३ र नेकपा एकीकृत समाजवादीका खिमलाल देवकोटासहित ३ जना सांसद छन् । जसपा एकजना जसपा सांसदको पनि पदावधि सकिँदैछ । 

फागुन २१ मा रिक्त हुने १९ सिटका लागि माघ ११ गते निर्वाचन हुँदैछ । सो निर्वाचनले १९  सांसदलाई छान्नेछ भने एक सांसद मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने छन् ।

माघ ११ को निर्वाचनमा एमालेबाट गुम्ने सम्भावना रहेका ९ सिटमध्ये कांग्रेसले ४ सिट दाबी गरेको छ । योसहित कांग्रेसले कुल ८ वटा सिट पाउनुपर्ने गठबन्धनमा अडान राखेको छ ।

अन्य दलले भने अध्यक्षसहित ७ सिट लिन कांग्रेसलाई भनिरहेका छन् । यसबारे मंगलबार बालुवाटारमा कांग्रेस र माओवादीका नेताबीच लामो छलफल भए पनि निष्कर्ष निस्किएको छैन ।  

सिटौलालालाई अध्यक्ष बनाउने देउवाको चाहना

राष्ट्रियसभा अध्यक्षमा कांग्रेसको संस्थापन पक्षले कृष्णप्रसाद सिटौलालाई अगाडि सारेको छ । तर गोपालमान श्रेष्ठ र विमलेन्द्र निधीको नाम पनि चर्चामा छ । तर, सिटौलालाई जिम्मेवारी दिन सभापति देउवाले  इच्छा देखाएका छन ।

राष्ट्रियसभाका लागि चर्चामा आएका कांग्रेसका नामहरूमा दलितबाट मीन विश्वकर्मा, महिलामा बागमतीबाट महालक्ष्मी उपाध्यक्ष डिना, अन्य महिलामा सुजाता कोइराला, पुष्पा भुसाल, धना खतिवडा, अपाङ्गतर्फ बागमतीबाट मदन श्रेष्ठ र सुदूरपश्चिमबाट गोपाल देउवाको नाम चर्चामा छ । 

त्यस्तै, गण्डकीबाट गोपालमान श्रेष्ठको चर्चा छ । यस्तै अन्य नेतामा सबुज बानियाँ, कृष्णकिशोर घिमिरे, भूपेन्द्रजंग शाही, मनोजमणि आचार्य र पत्रकार महासघंका पूर्वसभापति तारानाथ दाहालको नाम पनि कांग्रेसभित्र चर्चामा छ । 

यसैबीच, बिहीबार सानेपामा कांग्रेस केन्द्रीय समितिको बैठक बसेको थियो । बैठकमा उपस्थित कांग्रेस नेता प्रेम केसीले भने, ‘प्रदेशबाट अत्यधिक नामहरू आएका छन् । छलफल गरेर अन्तिम रूप लिन समय लाग्छ ।’ 

कांग्रेसमा राष्ट्रियसभाका लागि पुराना नेतादेखि नयाँ नेतासम्मको चर्चा छ । कांग्रेसले सबै प्रदेशबाट प्राथमिकताका क्रममा १–१ जनाको नाम पठाउन भनेको थियो । तर, आंकाक्षी धेरै भएकाले कसलाई प्राथमिकता दिने भन्नमा पनि विवाद भएको कांग्रेस कार्यसम्पादन समितिका एक नेताले खबरहबलाई बताए । 

ती नेताले भने, ‘पुराना भन्दा नयाँ नामहरू धेरै आए । नयाँलाई पालो दिनुपर्ने हो तर शीर्ष नेताहरू यसका लागि तयार हुनुहुन्न । व्यवस्थापन गर्न चुनौती छ ।’  

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार नामहरूको विषय टुङ्गो लगाउन समय लाग्ने छ । उनले भने, ‘ठूलो पार्टीमा धेरैजनाको नाम आउनु स्वभाविक हो । समय लाग्ने देखियो ।’ 

कांग्रेसमा दुई गुट छ । अध्यक्षमा सिटौलालाई पठाए संस्थापन इतर समूह शेखर पक्षले ४ सिट मागिरहेको छ । तर देउवा यसमा तयार देखिएका छैनन् । 

कांग्रेसले केन्द्रीय समितिको बैठकको निर्णय दिन १५ गते शनिबार पत्रकार सम्मेलनको आयोजना गरेको थियो । सो क्रममा  राष्ट्रियसभाको निर्वाचनका लागि प्रदेशबाट सिफारिस भई आएका नामहरू मध्येबाट भौगोलिक र जातीय सन्तुलनलाई ध्यान दिँदै  उम्मेदवार तय गरिने कांग्रेसले मापदण्ड बनाएको छ ।

त्यसैगरी, पार्टीमा योगदान गरेका, पार्टीप्रति प्रतिबद्ध, स्वच्छ छवि भएका र हालसम्म कुनै पनि अवसर नपाएकाहरूलाई प्राथमिकता दिने कांग्रेसले निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माको भनाइ छ । तर, उनी थप्छन्, ‘पुराना नेताहरू भए पनि कुनै कारणले पार्टीमा अवसर नपाउनुभएको हुन सक्छ ।’ 

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  २ : ५६ बजे

जनकपुर पुगेर सिके राउतले भने – ‘प्राप्त उपलब्धिको रक्षा गर्नुपर्छ’

काठमाडौं – प्रतिनिधि सभा सदस्य एवम्‌ जनमत पार्टीका अध्यक्ष डा.

नासा र स्पेसएक्सको नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण अर्को हप्ता

एजेन्सी – नासा र स्पेसएक्सले आगामी सेप्टेम्बर २६ मा अन्तर्राष्ट्रिय

यस्ता छन्‌ यो वर्षको दशैँका साइत, अष्टमी र नवमी एकैदिन

काठमाडौं – नेपाल पञ्‍चाङ्ग निर्णायक विकास समितिले २०८१ सालको बडादशैँका

मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य

धनुषा – मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ

बालेनलाई प्रगति विवरण बुझाएर बिदा भए सहसचिव परियार

काठमाडौं – नगर प्रमुख बालेन शाहले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय