हिउँ र हिउँ चितुवाको मारमा याक र चौँरी « Khabarhub

हिउँ र हिउँ चितुवाको मारमा याक र चौँरी


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ– हिमाली जिल्ला मनाङका बासिन्दाको मुख्य व्यवसाय कृषि, पशुपालन र पर्यटन हो । पर्यटक आगमन वृद्धि भएसँगै पर्यटन व्यवसायको सुरुआत भएको हो भने कृषि र पशुपालन यहाँको परम्परागत व्यवसाय हुन् ।

यहाँका स्थानीय बिस्तारै पशुपालनबाट विमुख हुने अवस्थामा छन् । घाँसको अभावले गर्दा यहाँका बासिन्दा व्यवसाय फेर्न थालेका छन् । विदेशिने क्रम बढ्नाका साथै परम्परागत व्यवसायबाट लाभ कम हुन थालेसँगै व्यवसाय परिवर्तनको अवस्थामा यहाँका बासिन्दा छन् । 

पहिलेभन्दा हिमपातमा कमी आउँदा पशुपालक किसान मारमा परेका छन् । हिमपात परेको खण्डमा यहाँ याकचौँरीका लागि घाँस पलाउने गर्दछन् । हिमपात कम हुन थालेपछि भने घाँसको कमी हुँदै गएको मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राकाका ६० वर्षीय पशुपालक किसान याङ्चु खण्डा लामाले बताएका छन् । उनले भने, ‘पहिले पहिले हिउँदका लागि बस्तुभाउलाई खुवाउन घाँस सुकाएर राखिन्थ्यो, अहिले घाँस नै कम पाइन्छ, पानीको अभावले घाँस नै हुन छाड्दै गएको छ, पहिले समयमा हिउँ पथ्र्यो र घाँस पनि समयमा नै पलाउथ्यो, अहिले घाँस पलाउनै छाड्यो, पहिलेको जस्तो घाँस नै आउँदैन ।’

पशु पाल्न र कृषिमा लाग्न पानी नै मुख्य आवश्यकता रहेको उनले बताए । उनले भने, ‘अहिले त खर्क पनि झन् माथि सरेको जस्तो पो लाग्छ, घाँस खोज्दै वस्तुमाथि माथि जान्छन्, हामी पछि लागिरहन्छौँ ।’ जतिमाथि गयो उति नै हिउँ चितुवाको डर पनि बढ्दै जाने गरेको उनले बताएका छन् । आहाराको अभावले हिउँ चितुवाले अहिले घरपालुवा पशुलाई आक्रमण गर्ने क्रम बढ्दै गएको छ । 

त्यस्तै पशुपालक किसान सोनाम लामाले माथि खर्कमा लैजाँदा चितुवाको जोखिम बढ्दै जाने गरेको बताए। चितुवाको आक्रमण बढेको सुनाउँदै उनले भने, ‘चितुवा बढेको हो कि आहारा कम भएको बुझ्नै सकिएको छैन, घाँसको कमी उस्तै छ, हिउँ चितुवाले पनि सताउने क्रम बढेको छ, बाच्छाबाच्छीलाई सुरक्षित राख्ने भनेर खोरमा राखिन्छ, तर कहिलेकहीँ त माउलाई नै मार्दिन्छ, बच्चा हुर्काउनै मुस्किल हुन्छ ।’

मनाङ ङिस्याङ-१ पिसाङका ७० वर्षीय याङदुङ गुरुङले घाँस कम हुने, गोठाला नपाउने र हिउँ चितुवाको आक्रमण बढ्दै जाँदा पशुपालन घट्दै गएको बताए। 

चितुवाको आक्रमणले पशुचौपाया मार्ने र घाइते बनाइदिने भएपछि गोठाला बिना पशु पाल्न सक्ने अवस्था नरहेको उनको भनाइ छ । बिस्तारै हिमाली जिल्लामा नै हिउँ कम पर्न थालेको पाइन्छ । हिउँ कम पर्दै जाँदा कृषि र पशुपालनमा लागेका किसान मारमा पर्ने गरेका छन् । 

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ३ : ३९ बजे

डिजिटल रूपान्तरणमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस

रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

रौतहट– रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार

ऊर्जा संकटबाट मुक्त हुने आशामा बङ्गलादेश, रूपपुरबाट विद्युत्को ठूलो अपेक्षा

पाब्ना – नियमित विद्युत् कटौती र बढ्दो ऊर्जा मागको दबाब झेलिरहेको

मेस्सीको भावुक अन्तर्राष्ट्रिय बिदाइ

एजेन्सी– अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले मंगलबार राष्ट्रिय टोलीबाट

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको