अहिलेको व्यवस्थाले अवस्था सुधारेन : कमल थापा « Khabarhub

अहिलेको व्यवस्थाले अवस्था सुधारेन : कमल थापा


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

बर्दिबास– राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको संघीय धर्मनिरपेक्ष गणतान्त्रिक ब्यवस्था असफल भएको भन्दै ब्यवस्था परिवर्तनको लागि जनआन्दोलनको तयारी गर्नुपर्नेमा जोड दिएका छन् ।

आज महोत्तरीको बर्दिबासमा पार्टीद्वारा आयोजित मधेस प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै थापाले जनताले   अहिलेको भ्रष्टतन्त्र र ब्यवस्था परिवर्तन गर्न चाहेको भन्दै अहिलेको लथालिङ्ग भताभुङ्ग अव्यवस्थाबाट मुक्ति चाहने हो भने आन्दोलनको विकल्प नभएको बताए ।

सनातन धर्मसंस्कृति पहिचान सङ्कटमा परेको, मुलुकको आर्थिक अवस्था कमजोर भएको, विदेशी चलखेल र प्रभाव बढेको भन्दै थापाले हिन्दु धर्म माथिको अपमान र थिचोमिचो सहन गर्न नसकिने बिचार व्यक्त गरे ।

धर्म परिवर्तनको डढेलोले सिङ्गो मुलुक आक्रान्त रहेको चर्चा गर्दै थापाले आन्दोलनको निमित्त सम्पूर्ण राष्ट्रबादी, प्रजातन्त्रबादी र देशभक्तहरू एक ठाउँमा आउनुपर्नेमा जोड दिए

कार्यक्रममा बोल्दै पार्टीका उपाध्यक्ष राजिब पराजुलीले राप्रपा नेपालको नीति बिचार उपयुक्त भएको भन्दै संगठन निर्माणमा केन्द्रित हुन सबैमा आग्रह गरे ।

प्रशिक्षणमा तराई मधेस क्षेत्रका ९ जिल्लाका १७५ जना केन्द्र ,जिल्ला, नगरका प्रतिनिधिहरूको सहभागिता रहेको पार्टीले जनाएको छ ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ४ : १७ बजे

हिलो टेकरै त्रिवि मैदानमा खेल हेर्न जाँदै समर्थक

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र

समर्थन मूल्यभन्दा सस्तोमा धान बेच्दै दाङका किसान

दाङ- धान भण्डारण गर्ने ठाउँको अभाव र चाडपर्वका लागि खर्च

पृथ्वी राजमार्ग एकतर्फी अवरुद्ध, पहिरो पन्छ्याइँदै

चितवन– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मुग्लिन बजारनजिकै सीमलधारामा

विराटनगर र सुदूरपश्चिमको खेल अझै भएन सुरु

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल अझै

मधेसका आठ जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तारमा जोड

जनकपुरधाम– आर्थिक अवस्था कमजोर भएका तथा विपन्न समुदायको सुरक्षित आवासमा