संविधानले दिएको अधिकार उपयोग गर्नुपर्छ : प्रदेश प्रमुख शेरचन « Khabarhub

संविधानले दिएको अधिकार उपयोग गर्नुपर्छ : प्रदेश प्रमुख शेरचन


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले संविधानले दिएको अधिकार उपयोग गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्  ।

मंगलबार बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा थारू आयोगको पाँचौ वार्षिक प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख शेरचनले अहिलेको संविधानले सबैलाई अधिकार दिएको भन्दै अधिकार स्थापित गर्नका लागि आयोग लगायत सबै गम्भीर बन्नुपर्ने बताए । 

गणतन्त्र स्थापनापछि अधिकार स्थापित गर्नका लागि विभिन्न आदिवासी जनजाति योगहरू गठन गर्नुपरेको उनले बताए । उनले नामको मात्रै आयोगको अर्थ नरहने बताउँदै आयोगले दिएको काम, कर्तव्य र अधिकार अनुसार काम गरेर देखाउन सकेमा आयोग गठन भएको पुष्टि हुने धारणा राखे 

उक्त कार्यक्रममा बोल्दै थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा थारू भाषालाई पनि सरकारी कामकाजको भाषा बनाउन सरकारसँग माग गरे ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ५ : ५८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया