दार्चुलाका किसान ओखरखेतीतर्फ आकर्षित « Khabarhub

दार्चुलाका किसान ओखरखेतीतर्फ आकर्षित


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


603
Shares
  • change font
  • change font
  • change font

खलङ्गा– दार्चुला ओखरखेतीका लागि परिचित छ । ओखरखेतीतर्फ आकर्षित भएका यहाँका किसानले व्यावसायिकरुपमै ओखरखेती गर्न थालेका छन् । सरकारले दार्चुलालाई ओखर पकेट क्षेत्र घोषणा गरेपछि यहाँका किसान उक्त खेतीतर्फ थप आकर्षित भएका हुन् । 

विगतदेखि नै ओखरखेती गर्दै आएका शैल्यशिखर नगरपालिका–६  का विष्णुसिंह धामीले ओखर खेतीलाई थप  विस्तार गर्दै आएका छन् ।  बुवा र बाजेले लगाएका पाँच दस  बोटबाट खेती सुरु गरेका धामीको बारीमा अहिले साना र  ठूलो गरेर एक सय ७५ ओखरका बोट छन् । 

हाल उनको बारीमा भएका ६५ बोटले  उत्पादन दिइरहेका र बारीबाटै  बेर्ना समेत बिक्री हुँदै आएको छ । धामीले भने ,’बेर्ना कम उत्पादन भयो एक हजार बेर्नाको अर्डर थियो आवश्यकभन्दा कम बेर्ना उत्पादन भए । बेर्ना बनाएर बोट उमार्न निकै कठिन हुने उनको भनाइ थियो ।

 धामीले आफ्नो उत्पादन दार्चुलाको गोकुलेश्वर, डडेलधुराको स्याउलेदेखि धनगढी महेन्द्रनगरसम्म निर्यात गर्दै आएका छन् । यहाँ उत्पादन भएका र गाउँघरबाट पनि उत्पादित ओखर संकलन गरेर पनि बजारसम्म पुर्‍याउने काम पनि गर्दै आएका धामीले आफ्नो मात्रै ओखर बेचेर वार्षिक रु दुई लाखसम्म आम्दानी हुनेगरेको बताए । 

ओखर खेतीले पछिल्लो समय  राम्रो बजार लिइरहे पनि  स्थानीय सरकारले यसका लागि कुनैपनि पहल नगरेको अर्का किसान शिवसिंह धामीले बताए । उक्त वडामा मात्र बर्सेनि रु २५ लाखदेखि ३० लाखभन्दा माथिको ओखर बाहिर निर्यात हुने गरेको छ भने  मालिकार्जुन गाउँपालिकाको केही भू–भागमा पनि ओखर निक्कै फल्ने गर्दछ ।  

सरकारले ओखरखेतीमा केही सहयोग गरे आफूहरू झन आकर्षित हुने सम्बद्ध किसानको भनाइ थियो । सरकारले विसं २०७८देखि  दार्चुलालाई ओखर पकेटक्षेत्रका रुपमासमेत घोषणा गरेपछि धामीसहित यहाँका किसान ओखर खेतीतर्फ थप आकर्षित भएका हुन् । ओखरको बेर्ना सार्न माघ महिनामा उत्तम हुने कृषि ज्ञानकेन्द्रका कृषि अधिकृत शिशिर आचार्यले बताए । 

दार्चुलामा एक सय ७५ हेक्टर जमिनमा ओखरखेती गरिए पनि हाल एक सय ५० हेक्टर जमिनमा उत्पादन भइरहेको उनको भनाइ थियो।  यस  वर्षमा  जिल्लामा एक हजार पाँच सय ५५ मेट्रिकटन ओखर उत्पादन भएको थियो ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ६ : २१ बजे

कांग्रेसलाई एकताबद्ध बनाउन जरुरी छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाउन

ट्राफिक प्रहरीको ‘सप्राइज चेकिङ’ : ५७२ सवारी चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

आईपीएल : वैभवको विष्फोटक ब्याटिङमा हैदराबादलाई राजस्थानले दियो २२९ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३६औँ खेलमा राजस्थान

मनोहरामा सुकुम्बासी बस्ती हटाउन पुगेको टोलीमाथि ढुंगामुढा, १९ सुरक्षाकर्मी घाइते

भक्तपुर – भक्तपुरको मनोहरा नदी किनार क्षेत्रमा सुकुम्बासी बस्ती हटाउन

रास्वपा सांसद पोखरेलले शिक्षकमाथि दुर्व्यवहार गरेको भन्दै शिक्षक महासङ्घको आपत्ति

काठमाडौं – नेपाल शिक्षक महासङ्घले प्रतिनिधि सभा निर्वाचनबाट ओखलढुङ्गा जिल्लाबाट