आफ्नो अभिव्यक्तिलाई अतिरञ्जित गरिएको भन्दै मन्त्री किराँती आक्रोशित « Khabarhub

आफ्नो अभिव्यक्तिलाई अतिरञ्जित गरिएको भन्दै मन्त्री किराँती आक्रोशित


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले क्रिस्चियन धर्मको विषयमा आफ्नो अभिव्यक्तिलाई अतिरञ्जित गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री किराँतीले क्रिस्चियन धर्मको विषयमा आफ्नो अभिव्यक्तिलाई तोडमोड गरेर अतिरञ्जित गरिएको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

उनले घरमा घन्टी बजाएर छोराछोरीलाई क्रिस्चियनले सञ्चालन गरेको विद्यालयमा पढाउन खोज्नेले देशको धर्मको रक्षा गर्छु भन्दै आफ्नो पुत्ला जलाउने काम गरेको तर्क गरे । मन्त्री किराँतीले क्रिस्चियनको देशमा पठाउन एम्वेसीमा लाइन लाग्न पढाउने, जन्मदिनमा केक काट्नेहरू नै आफ्नो अभिव्यक्तिको विरोध गरेको बताए ।

त्यस्तै उनले सञ्चारमाध्यमले पनि भाइरल हुने र विवाद हुने कुरामात्रै देखाउने गरेको भन्दै असन्तुष्टि प्रकट गरे ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ६ : ३१ बजे

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही