आफ्नो अभिव्यक्तिलाई अतिरञ्जित गरिएको भन्दै मन्त्री किराँती आक्रोशित « Khabarhub

आफ्नो अभिव्यक्तिलाई अतिरञ्जित गरिएको भन्दै मन्त्री किराँती आक्रोशित


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले क्रिस्चियन धर्मको विषयमा आफ्नो अभिव्यक्तिलाई अतिरञ्जित गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री किराँतीले क्रिस्चियन धर्मको विषयमा आफ्नो अभिव्यक्तिलाई तोडमोड गरेर अतिरञ्जित गरिएको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

उनले घरमा घन्टी बजाएर छोराछोरीलाई क्रिस्चियनले सञ्चालन गरेको विद्यालयमा पढाउन खोज्नेले देशको धर्मको रक्षा गर्छु भन्दै आफ्नो पुत्ला जलाउने काम गरेको तर्क गरे । मन्त्री किराँतीले क्रिस्चियनको देशमा पठाउन एम्वेसीमा लाइन लाग्न पढाउने, जन्मदिनमा केक काट्नेहरू नै आफ्नो अभिव्यक्तिको विरोध गरेको बताए ।

त्यस्तै उनले सञ्चारमाध्यमले पनि भाइरल हुने र विवाद हुने कुरामात्रै देखाउने गरेको भन्दै असन्तुष्टि प्रकट गरे ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ६ : ३१ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर