मुख्यमन्त्री पुरुष भलिबल प्रतियोगिता माघमा | Khabarhub Khabarhub

मुख्यमन्त्री पुरुष भलिबल प्रतियोगिता माघमा


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– कञ्चनपुरको महेन्द्रनगरमा आगामी माघ १४ गतेदेखि तेस्रो मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा हुन लागेको हो । 

महेन्द्रनगरमा आज आयोजित पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहले भलिबलको विकास र विस्तार गर्ने उद्देश्यले मुख्यमन्त्री कप हुन लागेको जानकारी दिए । प्रतियोगिताको विजेता टोलीले रु चार लाख पुरस्कार प्राप्त गर्ने उनले बताए । 

सदस्य सचिव सिंहका अनुसार प्रतियोगितामा दोस्रो हुने टोलीले रु दुई लाख तथा तेस्रो हुने टोलीले रु एक लाख पुरस्कार प्राप्त गर्ने छ । उक्त प्रतियोगितामा सात प्रदेशका साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली सहभागी हुने छन् । 

‘प्रतियोगितामा सहभागी टोलीको यातायात, आवास, खानपिनलगायत व्यवस्था परिषद्ले गर्नेछ’, प्रदेश सदस्य सचिव सिंहले भने, ‘प्रतियोगिताको समन्वय तथा व्यवस्थापन कञ्चनपुर जिल्ला भलिबल सङ्घले गर्नेछ ।’

प्रतियोगितामा कूल एक सय ७२ खेलाडी सहभागी हुने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा नेपाल भलिबल सङ्घका केन्द्रीय अध्यक्ष जितेन्द्रबहादुर चन्द, राष्ट्रिय भलिबल टोलीका पूर्वकप्तान भरत शाह, कञ्चनपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुबेर खड्का, जिल्ला भलिबल सङ्घका अध्यक्ष श्यामसिंह मौनी, जिल्ला भलिबल सङ्घका पूर्व अध्यक्ष मोहन थापालगायत उपस्थित थिए ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ७ : २९ बजे

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

अवैध आप्रवासीमा लागि फ्लोरिडामा जेल तयार, ट्रम्प भन्छन्- ‘दुष्ट व्यक्तिको घर हो’

फ्लोरिडा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको डिटेन्सन सेन्टर

अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने

अर्घाखाँची– अर्घाखाँचीको सुपादेउराली मन्दिरमा जानआउन केबलकार निर्माण गरिने भएको छ

पाँचखालवासीलाई बिरामी पर्दा निःशुल्क रगतको व्यवस्था

काभ्रेपलाञ्चोक– पाँचखाल नगरपालिकाले आफ्ना नगरवासीलाई बिरामी पर्दा निःशुल्क रगत उपलब्ध