१० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य पुरा भयो : मन्त्री किराती « Khabarhub

१० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य पुरा भयो : मन्त्री किराती


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गीतसङ्गीत र चलचित्रले पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याएको बताएका छन् ।

गायक यश कुमारले तयार गरेको गीत ‘तिमी छौँ र त’ को आज श्रव्यदृश्य सार्वजनिक कार्यक्रममा मन्त्री किरातीले यसका लागि गीतसङ्गीत र चलचित्र सर्जकलाई धन्यवाद दिए ।

त्यस अवसरमा मन्त्री किरातीले सरकारले सन् २०२३ मा १० लाख विदेशी पर्यटक ल्याउने लक्ष्य लिएको र त्यो पूरा भएको समेत जानकारी गराए । ‘गीतसङ्गीत र चलचित्रलाई नरम कूटनीतिका रुपमा लिइन्छ । यसले नजानिँदो किसिमले प्रभाव पारिरहेको हुन्छ’, उनले भने, ‘उदाहरणका लागि भारतीय गीतसङ्गीत र चलचित्रले विश्वका विभिन्न देशमा प्रभाव पारिरहेका छन् ।’ उनले समाजको सोच बदल्न सर्जकले भूमिका निर्वाह गर्नसक्ने धारणा राखे ।

मन्त्री किरातीले विश्वका केही देशमा गीतसङ्गीत र यसको श्रव्यदृश्यले कूल गार्हस्थ उत्पादनमा समेत उल्लेख्य योगदान दिएको चर्चा गर्दै यस क्षेत्रलाई उद्योगका रुपमा विकास गर्न सक्नुपर्नेमा जोड दिए । मन्त्री किरातीले गायक यश कुमारको जीवनीसँग प्रभावित भएको उल्लेख गरे।

गायक यश कुमारले बाल्यकालमा खोला किनारमा बालुवा चालेर जीविकोपार्जन गरेका थिए । यश कुमारले गीतसङ्गीतको माध्यमले मनोरञ्जनसँगै सन्देश प्रभाव गर्ने प्रयास गरेको बताए ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  १० : १९ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४