प्रधानमन्त्री कप छनोट : बैतडीको लगातार दोस्रो जित « Khabarhub

प्रधानमन्त्री कप छनोट : बैतडीको लगातार दोस्रो जित


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

बैतडी – प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौटमा बैतडीले अछामलाई पराजित गरेको छ । बैतडीले आज भएको खेलमा अछामलाई ९८ रनले हराएको हो । बैतडीको लगातार यो दोस्रो जित हो । उसले यसअघि पहिलो खेलमा बझाङलाई एक सय ८१ रनले पराजित गरेको थियो ।

निर्धारित ५० ओभरको खेल हुस्सुका कारण ४० ओभरमा झारिएको थियो । फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको बैतडीले ३८ दशमलव पाँच ओभरमा सवै विकेट गुमाएर दुई सय १३ रन बनायो । जितका लागि पाएको दुई सय १४ रनको लक्ष्य पछ्याउने क्रममा अछामको पारी २८ दशमलव पाँच ओभरमा एक सय १५ रनमै समटियो ।

बैतडीका लागि नरेन भट्टले अर्धशतकीय पारी खेले । उनले ५२ रनको योगदान दिए । भट्ट खेलको म्यान अफ दी म्याच चुनिएको स्कोरर नरेन्द्रराज भट्टले बताए । यस्तै खडक बोहराले ३४, वसन्त खत्रीले २७, नरेश चन्दले २२, सुदीप टमाटाले २२ तथा रिसिकेश बोहराले १६ रन बनाए । बलिङतर्फ अछामका रोहित खड्का र अभिषेक चौधरीले तीन÷तीन विकेट लिए ।

यस्तै अछामका लागि ब्याटिङ गर्ने क्रममा महाजन कुँवरले सर्वाधिक २४ रन बनाए । बलिङतर्फ बैतडीका लागि गजेन्द्र बोहराले तीन तथा भूपेन्द्र चन्द, रिसिकेश बोहरा र वसन्त खत्रीले दुई÷दुई विकेट लिए । बुधबार कञ्चनपुर र अछामबीच खेल हुनेछ ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा यही पुस १४ गतेदेखि सुरू भएको प्रतियोगिता पुस २४ गते सम्पन्न हुने छ ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  १० : ३१ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ