यू-१९ विश्वकप : आज भारतसँग भिड्दै नेपाल, यस्तो छ ‘हेड टु हेड’ « Khabarhub

यू-१९ विश्वकप : आज भारतसँग भिड्दै नेपाल, यस्तो छ ‘हेड टु हेड’


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


603
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ । खेल दिउँसो १ बजेर ४५ मिनेटमा दक्षिण अफ्रिकाको ब्लुम्फोन्टिन मैदानमा सुरु हुँदैछ।

सुपर सिक्सका दुई खेल अगावै विश्वकपको सेमिफाइनल दौडबाट बाहिरिएको नेपालका लागि यो अन्तिम खेल हो ।

सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । बुधबार भएको खेलमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ७० रनको लक्ष्य बंगलादेशले २५ ओभर २ बलमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो ।

उक्त खेलमा नेपालका सुवास भण्डारीले सम्झन लायक बलिङ गर्दै ५ विकेट लिए । ब्याटिङतर्फ नेपालका लागि विशालविक्रम केसीले सर्वाधिक ४८ रन र कप्तान देव खनालले ३५ रन जोड्नुबाहेक अन्य ब्यासम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

दक्षिण अफ्रिका विश्वकपमा नेपाल समूह चरणको पहिलो खेलमा न्युजिल्याण्डसँग ६४ रनले पराजित भयो । दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको नेपाल समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गर्दै सुपर सिक्समा प्रवेश गरेको हो । सनसनीपूर्ण बनेको अफगानिस्तानविरुद्धको खेलमा नेपालले एक विकेटको जित निकालेको थियो ।

नेपालका आकाश चन्द लगाय खेलाडी

नेपाल र भारतको ‘हेड टु हेड’
विश्वकप यात्राको अन्तिम खेलमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपालका लागि विश्वकपको अन्तिम खेल चुनौतीपूर्ण छ। भारतसँग नेपालले पछिल्ला कुनै पनि खेलमा सुखद् नतिजा निकाल्न सकेको छैन ।

दुई महिना अगाडि मात्र एसिया कपमा भारतसँग नेपाल १० विकेटले पराजित भएको थियो । कमजोर ब्याटिङ गरेको नेपाल भारतसँग ५२ रनमै अलआउट भएको थियो ।

विश्वकपमा भने नेपाल भारतसँग आज तेस्रो पटक प्रतिस्पर्धा गर्न लागेको हो । यसअघिका दुवै खेलमा नेपाल पराजित भएको छ ।

सन् २००० मा श्रीलंकाको कोलम्बोमा सम्पन्न यू–१९ विश्वकपमा नेपाल र भारतले खेलेका थिए । पहिला ब्याटिङ गरेको नेपाललाई भारतले १०१ रनमा समेटेको थियो । युवराज सिंहले चार विकेट लिएको उक्त खेलमा भारतले आठ विकेटको जित निकालेको थियो ।

नेपाल र भारतको दोस्रो भेट सन् २०१६ को विश्वकपमा भएको थियो । बंगलादेशमा भएको उक्त प्रतिस्पर्धामा समेत नेपालले नै पहिला ब्याटिङ गरेको थियो । आठ विकेटको क्षतिमा १६९ रन जोडेको नेपालमाथि भारतले सात विकेटको जित निकालेको थियो । १७० रनको लक्ष्य भारतले १८.१ ओभरमा तीन विकेटको क्षतिमा पुरा गरेको थियो ।

पाकिस्तानसँगको प्रतिस्पर्धामा नेपाली टिम । फाइदल तस्बिर क्यान

विश्वकपमा कसको जित कति ?

अहिलेसम्म भारतले सर्वाधिक ५ पटक यू–१९ विश्वकपको उपाधि जितेको छ। अष्ट्रेलियाले तीन पटक उपाधि हात पारेको छ भने पाकिस्तानले दुई उपाधि उचालेको छ। बंगलादेश, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र इंग्ल्याण्डले एक एक पटक उपाधि जितेका छन्।

नेपाली यू–१९ क्रिकेट टोली । तस्बिरः क्यान

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ५ : ५६ बजे

एमाले युवा नेता प्रकाश पौडेल महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत

काठमाडाैं- नेकपा (एमाले) को मंसिर २७ देखि हुने एघारौँ महाधिवेशनका

नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देशसभा धनगढीमा सुरु (तस्बिरहरू)

काठमाडौं–  नेपाली कम्युनिस्ट पार्टीको पार्टी एकता सन्देशसभा धनगढीमा सुरु भएको

चार वर्षे कार्यकाल पूरा गरी बिदा भए राखेपका सदस्य सचिव घिसिङ

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ तथा

सेनालाई प्रधानमन्त्रीको निर्देशन : आगामी चुनावमा एक थोपा रगत नबगोस्, कोही घाइते नहून्

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण

शिथिल अर्थतन्त्रलाई भूमि अध्यादेशले चलायमान बनाउने जग्गा तथा आवास विकास महासङ्घको विश्वास

काठमाडौं– नेपाल जग्गा तथा आवास विकास महासङ्घले मन्त्रिपरिषदबाट पारित भएको