हिउँ खेल्दा के-के कुरामा ध्यान दिने? « Khabarhub

हिउँ खेल्दा के-के कुरामा ध्यान दिने?


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


963
Shares
  • change font
  • change font
  • change font

पछिल्लो एक-दुई दिनदेखी देशका विभिन्न ठाउँमा हिमपात भएको छ। 

हिउँ देख्दा पछिल्ला पुस्ताहरू निकै उत्साहित हुने गर्छन् । हिउँ खेलेर सामाजिक सञ्जालमा फोटो र भिडियो पोष्ट्याउनेको संख्या पनि ह्वात्तै बढेको छ । हिउँ खेल्नु रमाउनु पर्छ तर, सावधानी नअपनाउदा जोखिम हुनुका साथै मृत्युको समेत सिकार भइने चिकित्सकहरू बताउँछन् । 

हाम्रो शरीरले धेरै चिसो र धेरै तातो धान्न सक्दैन । हिँउमा चिप्लेर लड्ने समस्या एउटा आम समस्या हो । हिउँ परेको ठाउँमा कति बेला चिप्लिन्छ र हिमखाल्डोमा परिन्छ पत्तो नै हुँदैन ।

हिउँ परिरहेको बेलामा धेरै चिसो महसुस हुँदैन र धेरै हिउँ चलाइ रहने हुँदा हिउँले स्वास्थ्यमा असर पुर्‍याउने चिकित्सकहरू बताउँछन् । हिउँमा चिप्लिएर मृत्यु भएको खबरहरू पनि हामीले कहिले कँही सुनी रहेको नै हुन्छौँ ।

हिउँ खेल्दा यि कुराहरू ध्यान दिनुहोस्
-हिउँले हाम्रो छालालाई बिगार्न सक्छ त्यसैले हिउँ खेल्न जानुअघि राम्ररी छालामा सनब्लक क्रिमहरू लगाउन चिकिन्सकहरु सुझाब दिन्छन्  । 

-अत्याधिक चिसोका कारण छाला निलो हुने गर्छन् त्यसो हुँदा तताउन एकै पटक आगो ताप्ने धेरैको बानी हुन्छ त्यसो गर्नु हुँदैन ।हात खुट्टा निलो भएको बेलामा हलका मनतातो पानीमा डुबाउनु पर्छ ।   

– छिनछिनमा तातो पानी खाइरहनुपर्छ । 

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ६ : १६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको