सिरिया र इराकमा इरानी लक्ष्यहरूमाथि आक्रमण गर्ने अमेरिकाको तयारी   « Khabarhub

सिरिया र इराकमा इरानी लक्ष्यहरूमाथि आक्रमण गर्ने अमेरिकाको तयारी  


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इरान र अमेरिकाबीचमा जारी तनावको बेला अमेरिकाले इराक र सिरियामा इरानी लक्ष्यहरूमा आक्रमणहरूलाई अनुमति दिएको छ। 

अमेरिकाले सिरिया र इराकमा इरानी लक्ष्यहरूमाथि आक्रमण गर्ने योजनालाई अनुमोदन गरेको अधिकारीहरूले बताएका हुन ।

योसँगै केही दिनदेखि चलिरहेको अनुमानको अन्त्य भएको छ । उल्लेखनीय छ कि जोर्डनमा ड्रोन आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु भएको थियो। त्यसपछि अमेरिकाले कहिले बदलाको कारबाही गर्छ भन्ने अड्कलबाजी गरिएको थियो ।

आइतबार जोर्डनको एक बेसमा ड्रोन आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु भएको थियो। अमेरिकी राष्ट्रपति जो बाइडेनले यस हमलाको लागि इरान समर्थित आतंकवादीलाई दोष दिएका थिए र कडा कारबाही गर्ने कुरा गरेका थिए। उनले यस विषयमा तथ्य संकलन गरिरहेको बताए । ‘हामीलाई थाहा छ कि यो सिरिया र इराकमा सक्रिय कट्टरपन्थी इरान समर्थित आतंकवादी समूहहरूले गरेको हो’ उनले भनेका थिए ।

ह्वाइट हाउस नेशनल सेक्युरिटी काउन्सिलका रणनीतिक सञ्चार संयोजक जोन किर्बीले आक्रमणमा ३० भन्दा बढी अमेरिकी सैनिक पनि घाइते भएको र अस्पताल भर्ना गरिएको बताएका थिए । 

किर्बीले भने, ‘हामी अर्को युद्ध चाहँदैनौं। हामी तनाव बढाउन चाहँदैनौं तर हामी निश्चित रूपमा यस क्षेत्रमा आफ्नो रक्षा गर्न, यो मिसन जारी राख्न र यी आक्रमणहरूको उचित जवाफ दिनको लागि आवश्यक पर्ने सबै गर्नेछौं। ,

-न्युज एजेन्सी

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ८ : ०० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको