गुणस्तर सुधार गर्न सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षणमा जोड « Khabarhub

गुणस्तर सुधार गर्न सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षणमा जोड


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुरटेम्केमैयुङ गाउँपालिका–४ नागीले  सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षामा जोड दिएको छ । गाउँपालिकाले विद्यार्थीलाई प्रविधिमैत्री शिक्षणमा जोड दिँदै गुणस्तरमा सुधार ल्याउन पहल थालेको हो । 

शैक्षिक सुधारका लागि यहाँका शिक्षक तथा कर्मचारीलाई तीन महिने प्रविधिसम्बन्धी आइसिटी तालिम दिएको छ । वडाले शिक्षक तथा कर्मचारीलाई प्रविधिमा दक्ष बनाउँदै, प्रविधिमैत्री पठन-पाठनमा जोड दिन तालिम दिएको जनाएको छ ।

 शिक्षक तथा कर्मचारीमा कम्प्युटरसम्बन्धी राम्रो ज्ञान नहुँदा प्रविधिमैत्री शिक्षा गुणस्तरीय हुन नसकेको ठहर गर्दै एक माध्यमिकसहित तीन विद्यालयका शिक्षक तथा कर्मचारीलाई तालिम दिइएको वडाध्यक्ष हर्कराज राईले बताए। 

तालिमपश्चात विद्यालयको कार्यसम्पादनसँगै शैक्षिक सुधार हुने अपेक्षा लिएको उनको भनाइ छ । तीन महिनासम्म सञ्चालन गरिएको उक्त तालिममा एक सय ३५ जनाको सहभागिता रहेको थियो । सोही अवसरमा कार्यसम्पादनमा सहजता थप्ने उद्देश्यले स्वास्थ्यचौकीका कर्मचारीलाई समेत तालिम दिएको वडा कार्यालयले जनाएको छ । 

वडा कार्यालयले यसअघि शिक्षण सिकाइ क्रियाकलापलाई गुणस्तरीय बताउनका लागि शिक्षक तथा अभिभावकलाई पनि तालिम दिएको छ । विभिन्न चरणमा यहाँका तीन सय बढी अभिभावकलाई शैक्षिक सुधारका लागि खेल्नुपर्ने भूमिकाका विषयमा प्रशिक्षण दिइएको हो । 

वडा कार्यालयले थालेको अभियानले शैक्षिक सुधारमा टेवा पुग्ने चण्डेश्वरी माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णकुमार राईले बताए। 

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  १२ : ०५ बजे

इशान र अर्शदीप चम्किँदा न्युजिल्यान्डविरुद्ध भारतको शानदार जित

काठमाडौं – इशान किशनको विस्फोटक शतक र अर्शदीप सिंहको पाँच

‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई

कास्की – पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय

भोला रिजालको शब्दमा ‘अन्धकार पन्छाएर’ बोलको गीत सार्वजनिक

काठमाडौं – प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्द रचना

देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै संसद्मा पठाउनुपर्छः अध्यक्ष बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजक्छेँले संसद्मा

चलचित्र ‘जाँड’ले पायो पिजी सर्टिफिकेट

काठमाडौं – चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न